कोभिड–१९ बाट विश्वमा आठ लाख ८७ हजारभन्दा बढीको मृत्यु

जेनेभा (स्वीट्जरल्यान्ड) भदौ २२ । विश्वभरि कोरोनाभाइरस संक्रमणबाट आठ लाख ८७ हजार ५९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार विश्वमा दुई करोड ७२ लाख ९६ हजार ३०३ जना कोरोनाभाइरस संक्रमित भएका छन्  ।यद्यपि, विश्वमा कोरोनाभाइरस संक्रमित एक करोड ९३ लाख ७९ हजार ४९८ व्यक्ति कोरोनामुक्त भएका छन् ।

हाल विश्वमा ७० लाख २९ हजार २०६ व्यक्ति कोरोनाभाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितहरुमध्ये ५९ हजार ९९८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोनाभाइरस संक्रमणको कारण संयुक्तराज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोनाभाइरसबाट अन्त्यत प्रभावित १० ओटा देशहरुको डब्ल्यूएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् ।

अमेरिकामा ६४ लाख ६० हजार ४२१ जना कोरोनाभाइरसका संक्रमित रहेका छन् । यहाँ ३७ लाख २६ हजार ९९ जना कोरोनाभाइरसमुक्त भएका छन् भने एक लाख ९३ हजार २५३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ४२ लाख ४ हजार ६१३ जना कोरोनाभाइरस संक्रमित रहेका छन् । यहाँ ३२ लाख ५० हजार ४२९ कोरोनाभाइरसमुक्त भएका छन् भने ७१ हजार ६८७ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४१ लख ३७ हजार ६०६ जना कोरोनाभाइरस संक्रमित रहेका छन् । यहाँ ३३ लाख १७ हजार २२७ कोरोनाभाइरसमुक्त भएका छन् भने एक लाख २६ हजार ६८६ जनाको मृत्यु भएको छ ।

रुसमा १० लाख २५ हजार ५०५ जना कोरोनाभाइरस संक्रमित रहेका छन् । यहाँ आठ लाख ४० हजार ९४९ कोरोनाभाइरसमुक्त भएका छन् भने १७ हजार ८२० जनाको मृत्यु भएको छ । पेरुमा छ लाख ८९ हजार ९७७ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख १५ हजार ४९ जना कोरोनाभाइरसमुक्त भएका छन् भने २९ हजार ८३८ जनाको मृत्यु भएको छ ।

कोलम्बियामा छ लाख ६६ हजार ५२१ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ । यहाँ चार लाख १८ हजार २२९ कोरोनाभाइरसमुक्त भएका छन् भने २१ हजार ४१२ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा छ लाख ३८ हजार ५१७ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख ६३ हजार ८९१ कोरोनाभाइरसमुक्त भएका छन् भने १४ हजार ८८९ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा छ लाख ३४ हजार २३ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ । यहाँ चार लाख ४२ हजार २६८ कोरोनाभाइरसमुक्त भएका छन् भने ६७ हजार ५५८ जनाको मृत्यु भएको छ । स्पेनमा पाँच लाख १७ हजार १३३ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने २९ हजार ४१८ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिनामा चार लाख ७८ हजार ७९२ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ । यहाँ तीन लाख ३९ हजार १३२ कोरोनाभाइरसमुक्त भएका छन् भने नौ हजार ८५९ जनाको मृत्यु भएको छ । रासस÷एएफपी


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: