भ्रष्टाचारीविरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ स् प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित समारोहमा बोल्दै उनले ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका विरुद्ध बोल्दामुखमा पानी हालेर बोल्दिनँ भन्ने प्रतिबद्धता दोहोर्‍याएका हुन् ।

“सुशासन र पारदर्शिता विकासको अत्यावश्यक सर्त हो । अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतिपूर्ण रहेको छ । मैले पटकपटक भन्दै आएको छु– ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दामुखमा पानी हालेर बोल्दिनँ,” उनले भने,“भ्रष्टाचार बिरुद्धको सरकारको यस अभियानमा हाम्रा नियामक निकायहरूले यस अवधिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बितेका दुई आर्थिक वर्षमा ७ सय ९२ केसहरूमा मुद्दा चलाएको उनको भनाइ थियो । त्यस्तै राजस्व अनुसन्धान विभागले १ हजार २७ जनाविरुद्ध ३१ अर्ब ५ करोडभन्दा बढीको बिगो दाबीसहित राजस्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुन्डी कारोबारमा मुद्दा चलाएको उनको भनाइ थियो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: