बेलारुसका राष्ट्रपतिद्वारा पश्‍चिमी सीमा बन्द, सेनालाई उच्च सतर्कता अपनाउन निर्देशन

मिनस्क । बेलारुसमा लगातार ६ सातादेखि राष्ट्रपतिको राजीनामा माग गर्दै मुलुकका विभिन्‍न सहरमा बृहत प्रदर्शनहरु भएपछि राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले सेनालाई उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिएका छन् । त्यसैगरी उनले पश्‍चीमी सीमा पोल्‍यान्ड र लुथियानासँगको सीमानाका पनि बन्द गर्न निर्देशन दिएका छन् । 

पश्‍चिमा मुलुकहरुको सक्रियतामा देशभर विरोध प्रदर्शनहरु भइरहेको आरोप लगाउँदै आएका राष्ट्रपति लुकाशेन्कोले बिहीबार यस्तो निर्णय गरेका हुन् । उनको यस्तो आरोपपछि अमेरिका र युरोपियन युनियले चर्को आलोचना गरेका छन् । 

अगस्त ९ मा भएको निर्वाचनमा राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले धाँधली गरेको भन्दै उनीहरुविरुद्ध प्रदर्शनहरु सुरु भएका हुन् । तर, निर्वाचन आयोगले सन् १९९४ बाट शक्तिमा रहेका लुकाशेन्काले ८० प्रतिशतभन्दा बढी मत पाएको र मुख्य विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले १० प्रतिशतभन्दा केही बढी भोट पाएको जनाएको थियो ।

प्रदर्शनलाई दबाउन राष्ट्रपत लुकाशेन्काले प्रहरी परिचालन गर्न थालेपछि प्रदर्शन थप उग्र बन्दै गएको थियो ।

धाँधलीपूर्ण भनिएको निर्वाचनको नतिजा र विगतका प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपलाई लिएर बढ्दो आक्रोशकाबीच ुस्वतन्त्रताको निम्ति अभियानु भन्‍ने मूल नाराका साथ प्रदर्शनकारीहरु राजधानी मिन्स्कमा बृहत प्रदर्शनहरु भइरहेका छन् । 

लुकाशेन्को २६ वर्षदेखि शासन गरिरहेका छन् । विरोध प्रदर्शनलाई दबाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

लुकाशेन्कोले वुमन फोरमलाई सम्बोधन गर्दै भने, सडकहरुबाट हामीले सेनालाई फिर्चा बोलाएका छौं । हामीले सनालाई उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिएका छौं । त्यसैगरी लुथियाना र पोल्यान्डसँगको सीमानाका पनि बन्द गरेका छौं ।

उनले थपे, ूम चाहन्‍न कि मेरो मुलुमा कुनै पनि किसिमको युद्ध होस् । म बेलारुस, पोल्यान्ड र लुथियानाबीच कुनै सैन्य तनाव सिर्जना नहोस् भन्‍ने चाहन्छु ।ू  ( अलजजिरा


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: