व्यापारीसँग चन्दा असुल्ने गिरोह पक्राउ

विराटनगर । हतियार देखाउँदै धम्की दिएर रकम असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

गिरोहले विराटनगरका व्यापारीसँग रकम असुल्ने प्रहरी अनुसन्धानबाट खुलेको हो । मोरङ प्रहरीले पक्राउ गरेको गिरोहका सदस्यलाई बुधबार सार्वजनिक गरेको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले गिरोहको अपराधको विषयमा थप अनुन्धान भइरहेको बताएका छन् ।

गिरोहका सदस्यले व्यापारीसँग पैसा माग्‍ने र नदिए हतियार देखाएर धम्की दिने गरेका थिए । मुख्य नाइके अभिषेक राय भएको बताइएको छ । उनले गत असारमा एक व्यापारीसँग १० लाख रुपैयाँ चन्दा मागेका थिए । दुईपटकमा ५ लाख रुपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीले भदौ १६ गते कटहरी २, आदर्शनगरका २८ वर्षीय एलेक्स भन्‍ने रविन शर्माको घरबाट एकथान पेस्तोल बरामद गरी उनलाई पक्राउ गरेको थियो । त्यसपछि गिरोहबारे प्रहरीले थप व्यक्तिहरुलाई पक्राउ गरेको हो । गिरोहमा रहेका भारत सीतामढी घर भई विराटनगर जलजला मोडको चाइना बजारमा कामदार गर्ने २७ वर्षीय राजु साह, कटहरी २ का २६ वर्षीय किसन साह, २७ वर्षीय अभिषेक राय, सप्तरीको बोदेबसाइन नगरपालिका ८ बस्‍ने २७ वर्षीय नन्दु भन्‍ने नन्दकिशोर साह पक्राउ परेका छन् । 

भारतीय नागरिक राजुलाई रेम्बो गल्लीबाट, किसनलाई देवकोटा चोकबाट, अभिषेकलाई विराटनगर ३ मा बस्दै आएका नन्दकिशोरको कोठाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

दोस्रो व्यक्तिबाट फेरि चन्दा माग्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । सबैलाई ‘हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अपराध’ मुद्दामा म्याद थप गरिएको छ । ९७ हजार २ सय २० रुपैयाँ नगद, विभिन्‍न कम्पनीका १६ थान मोबाइल, दुईथान भारतीय बैंकको चेक, घटनामा प्रयोग भएको तीनथान मोटरसाइकल र एकथान चक्कु पनि प्रहरीले बरामद गरेको छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: