करेन्ट लागेर एकजनाको मृत्यु

नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोतीमा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ ।  

घरमा ट्रस लगाउने क्रममा करेन्ट लागेर कावासोती नगरपालिका –९ बस्ने ४० वर्षीय  लक्ष्मीप्रसाद महतोको अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद खाँणले बताए ।

कावासोती –२ का कमलप्रसाद पौडेलका घरमा ट्रस लगाउने क्रममा जस्तापाताले विद्युत्को तार छुन पुग्दा करेन्ट लागेर घाइते भएका महतोलाई उपचारका लागि नवलपुर अस्पताल कावासोतीमा लगिए पनि मृत्यु भएको जनाइएको छ  । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: