फ्रान्समा पुनस् बढ्यो कोरोना संक्रमणको दर, मृत्यु हुनेको संख्या साढे ३० हजार नाघ्यो

एजेन्सी । फ्रान्समा कोरोना भाइरसको संक्रमणको दर पुनस् एकपटक तीव्र रुपमा बढिरहेको छ । 

पछिल्लो चौबीस घण्टामा फ्रान्समा सात हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित देखिएका छन् । 

गएको दुई दिनमा कोरोना संक्रमितको संख्या सात हजार नाघेको तथ्यांक छ । 

जोन हाप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार फ्रान्समा हालसम्म तीन लाख ३८ हजार २२० संक्रमित फेला परेका छन् । यसैगरी कोरोना संक्रमणबाट फ्रान्समा अहिलेसम्म ३० हजार ७१२ जनाको मृत्यु भइसकेको छ । (बीबीसी)


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: