कोरोना संक्रमितको संख्याको हिसाबमा भारत विश्वमै दोस्रो नम्बरमा

नयाँ दिल्ली । नोभेल कोरोना भाइरस संक्रमितको संख्याको हिसाबमा भारत दोस्रो नम्बरमा पुगेको छ । पछिल्लो २४ घण्टामा ९० हजारभन्दा बढी कोरोना संक्रमित थपिएसँगै दोस्रो नम्बरको रहेको ब्राजिललाई पछाडि पार्दै भारत दोस्रो नम्बरमा पुगेको छ ।

भारतमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४२ लाख ४ हजार ६१३ पुगेको छ भने ७१ हजार ६४२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याका आधारमा भारत विश्वमै अमेरिका, ब्राजिलपछि तेस्रो नम्बरमा रहेको छ । 

भारतले आफ्नो अर्थतन्त्रलाई जोगाउन कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएका मापदण्डहरु खुकुलो पार्दै गएसँगै कोरोना संक्रमण बढ्दै गएको हो । मार्चदेखि सुरु भएको महामारीका लागि जारी गरिएको लकडाउनले लाखौंले रोजगारी गुमाएपछि भारतमा लकडाउन खुकुलो पार्दै लगिएको हो । 

पछिल्लो सात दिनमा भारतमा हरेक दिन ७५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।  ( बीबीसी)


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: