छोराको जीवनमाथि राजनीति नगर्न ट्रम्पलाई ज्याकोबका बाबुको आग्रह

केनोशा । संयुक्त राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प केनोशा पुगेसँगै प्रहरीको गोली लागेर घाइते भएका अश्वेत ज्याकोब ब्लेकका बाबुले छोराको जीवनमाथि राजनीति नगर्न आग्रह गरेका छन् । 

ब्लेकलाई प्रहरीले गोली हानी घाइते बनाएपछि पछिल्ला साताहरुमा अमेरिकामा रंगभेदविरुद्धको आन्दोलन थप चर्किएको हो । राष्ट्रपति ट्रम्पले केनोशा भ्रमणका क्रममा प्रहरी अधिकारीहरुसँग भेट गर्नेछन्  । तर, ब्लेकको परिवारलाई भने उनले नभेट्‌ने जनाइएको छ । 

३ नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनलाई मध्य नजर गर्दै कानुनी व्यवस्थालाई लिएर राजनीतिकरण गर्न खोजिएको र ट्रम्पले माहोल आफ्नो पक्षमा पार्न खोजेको आरोप लगाइएको छ । 

सीएनएनसँगको अन्तर्वार्तामा ज्याकोब ब्लेकका बाबुले भने, राष्ट्रपति ट्रम्पलाई भेट गर्नुभन्दा कयौं गुणा महत्वपूर्ण मेरो छोराको जीवन हो । म राजनीति नहोस् भन्‍ने चाहन्छु । ट्रम्पसँग उभिएर फोटो खिचाउँदै छोराले न्याय पाउँदैन् । मेरो छोरोको विषय हो, म्यान ।

स्थानीय अधिकारीहरुले राष्ट्रपति ट्रम्पालई केनाशा नआउन अपिल गरेका थिए । उनी विस्कन्सिनस्थित केनोशा आउँदा आन्दोलन थप चर्किनसक्ने भएकोले नआउन अपिल गरिएको थियो । 

तर, ट्रम्पले भने उनीहरुको आग्रह अस्वीकार गरेका छन् । उनले उल्टै उक्त सहरका मेयर र गभर्नरलाई हिंसालाई साथ दिएको र कानुनलाई उल्लंघन गरेको आरोप लगाएका छन् । 

ब्लेकका बाबुले भने, यो राजनीतिको विषय होइन । यो मेरो छोराको जीवनको सवाल छ । उनको छोराको शरीर आधा प्यारालाइज् थियो ।

गत आइतबार २९ वर्षीय ब्लेकलाई नियन्त्रणमा लिनअघि कयौं पटक गोली हानिएको थियो ।  ( बीबीसी


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: