पाइपलाइनबाट तेल आयात गर्दा एक अर्ब ढुवानी रकम जोगियो

काठमाडौं । एक वर्षको अवधिमा मुलुकमा पेट्रोलियम पाइपलाइनबाट तेल आयात गर्दा ढुवानी बापतको एक अर्ब रुपैयाँ बचत भएको छ । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाट डिजेल ढुवानी हुँदा एक अर्ब रुपैयाँ बचत भएको हो ।

पाइपलाइनबाट एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको नेपाल आयल निगमले जानकारी दिएको छ । पाइपलाइनबाट डिजेल ढुवानी गर्दा प्रतिलिटरमा दुई रुपैयाँका दरले ढुवानी बापतको एक अर्ब रुपैयाँ बचत भएको निगम प्रवक्ता वीनितमणि उपाध्यायले जानकारी दिए । एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको उनको भनाइ छ । नेपाल र भारतको संयुक्त लगानीमा बनेको अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालन भएको एक वर्ष पूरा भएको छ । गत वर्ष भदौ २४ देखि नियमितरुपमा पाइपलाइनमार्फत डिजेल आयात भइरहेको निगमले जानकारी दिएको छ । पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आपूर्ति गर्दा ढुवानी भाडामा एक अर्ब रकम बचत भएर पेट्रोलियम पदार्थको गुणस्तरमा सुनिश्चित, प्रदुषण न्युनिकरण सहयोग र रक्सौल नकामा हुने ट्राफिक जाममा समेत हटेको निगमको भनाइ छ ।

भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९।२ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याइएको छ ।

उक्त परिणामको डिजेल आयात गर्दा यस अघि हुने ढुवानी तथा तापक्रम नोक्सानी बापतको झण्डै एक अर्ब रुपैयाँ जोगिएको निगमले जनाएको छ । प्रतिघण्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने क्षमता रहेको छ ।

एक वर्षमा दुई लाख ६७ हजार ट्यांकर बराबरको डिजेल पाइपलाइनमार्फत भित्रिएको निगमको अमलेखगञ्ज डिपोले जनाएको छ ।

भारतको बरौनीदेखि नेपालको अमलेखगञ्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर रुपैयाँ खर्च हुने गरेको थियो । पाइपलाइनबाट तेल आयात गर्दा सो रकम बचत भएको निगमको भनाइ छ । पाइपलाइनबाट तेल ल्याउँदा ढुवानी रकम बचत हुनका साथै तापक्रम नोक्सान रकम पनि जोगिएको निगमको भनाई छ । ढुवानी र तापक्रम नोक्सान गरेर एक अर्ब भन्दा बढी रकम बचत भएको निगमको भनाइ छ । पाइपलाइनबाट अहिले डिजेल मात्र आयात भएको छ । पाइपलाइनबाट आयात गरिएको डिजेल अमलेखञ्ज डिपोमा भण्डारण गरेर निगमले उपत्यकासँगै अन्य ठाउँमा आपूर्ति गर्दै आएको छ । बजारमा डिजेलको माग धेरै भएकाले पनि पाइपलाइनबाट डिजेल नै आयात गरिएको निगमको भनाइ छ ।

बरौनी र अमलेखगञ्जको तापक्रममा तीन डिग्रीको फरक रहेको र यसको नोक्सानी एउटा ट्यांकरमा ४५ लिटर बराबर हुने गरेको निगमको भनाइ छ ।

पछिल्लो समय कोराना भाइरसका कारण इन्धन खपत काम हुँदा पाइलाइन आउने तेलको आयात पनि कम भएको छ ।

हाल हप्तामा तीन दिनमात्रै पाइपलाइन सञ्चालनमा आइरहेको निगमले जानकारी दिएको छ । कोरोना भाइरसको नियन्त्रण गर्नका लागि गरिएको निषेधाज्ञाका कारण बजारमा इन्धनको खपत घटेको थियो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पेट्रोलियम पाइपलाई परियोजना भारतको दुई अर्ब ७५ करोड र नेपालको ७५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको थियो ।

यसैबीच, आर्थिक वर्ष २०७७(०७८ को सरकारको नीति तथा कार्यक्रम अनुसार मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्नका लागि काम भइरहेको निगमले जानकारी दिएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: