डा. युवराज खतिवडा बाहिरिएपछि को बन्लान् अर्थमन्त्री ?

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय गरेसँगै अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका डा। युवराज खतिवडा बाहिरिने निश्चित भएको छ । सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री हुन नपाउने संवैधानिक व्यवस्थाका कारण भोलिदेखि उनी मन्त्रीमा रहन मिल्दैन । उनको ६ महिने कार्यकाल शनिबार सकिँदैछ ।

प्रनमन्त्री केपी शर्मा ओलीले उनै खतिवडालाई दोहोर्‍याउने तयारी गरेको भए पनि सचिवालयका बाँकी सदस्य त्यसको विरोधमा रहेकाले गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो । अब नेकपाले गौतमलाई मनोनित गर्न राष्ट्रपतिलाई सरकारले सिफारिस गर्ने निर्णय लगत्तै खतिवडाको सम्भावना सकिएको छ । 

यी हुन् प्रमुख दाबेदार  

राष्ट्रिय सभामा गौतमलाई लैजाने नेकपाको निर्णयसँगै उनलाई पनि अर्थमन्त्रीको प्रतिस्पर्धीका रुपमा हेरिएको छ । उनीसँगै पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपाका महासचिव विष्णु पौडेलको दाबेदारी छ भने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले जनार्दन शर्मा या वर्षमान पुनको सम्भावना रहेको छ भने माधवकुमार नेपाल समूहबाट सुरेन्द्र पाण्डेलाई आगामी अर्थमन्त्रीको रुपमा हेरिएको छ ।

वामदेव गौतम मन्त्री बन्न मिल्छ ?

नेपालको संविधानले हालको व्यवस्थ अनुसार वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरे पनि मन्त्री बनाउन मिल्ने कि नमिल्ने बहसको विषय छ । संविधानको धारा ७८ को उपधारा ९४० मा गरिएको व्यवस्थाअनुसार गौतम मन्त्री बन्न योग्य हुने छैनन् ।  धारा ७८ को को ‘उपधारा ४ (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन’ भनिएको छ । 

उक्त धाराको उपधारा १ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ । 

यदी गौतम प्रतिनिधिसभाको चुनाव लडेको अवस्था हुँदैनथ्यो भने उनी मन्त्री बन्न पाउने थिए । तर, उनी २०७४ सालको निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि चुनाव लडेर हारेका थिए । संवैधानिक व्यवस्था अनुसार गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित भएपनि मन्त्री बन्न पाउने देखिँदैन । तर मन्त्री बन्न सांसद भएको व्यक्ति हुनुपर्ने संविधानको अर्को व्यवस्थाले गौतमलाई मन्त्री बन्नका लागि कानुन बाधक नबन्ने अर्का कानुन व्यवसायीको तर्क छ । 

अब को ?

अहिले नेकपामा देखिएको आन्तरिक द्वन्द्वका कारण प्रधानमन्त्रीलाई पनि मन्त्री बनाउन त्यति सहज भने पक्कै छैन । पार्टीभित्रको आन्तरिक समीकरणलाई हेरेर नै प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्नुपर्ने अवस्था रहेको एक नेताले जानकारी दिए ।

यो सन्दर्भमा उनको रोजाईमा आफ्ना विश्वासपात्र एवम् पार्टीका महासचिव समेत रहेका पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिन सक्ने बलियो सम्भावना देखिन्छ । यसअघि पनि पौडेलले अर्थमन्त्री भएर काम गरिसकेको र पार्टीको महासचिव एवम् त्यो भन्दा बढी आफ्ना विश्वासपात्रका कारण पौडेललाई नै अर्थमन्त्री बनाउने धेरै सम्भावना रहेको नेकपाका नेताहरु बताउँछन् । 

अर्को दाबेदार हुन्, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे । पाण्डे पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका हुन् । उनलाई अर्थमन्त्री बनाएर नेपाल समूहलाई आफ्नो पक्षमा पार्न सक्ने अर्को सम्भावना पनि देखिएको नेकपाकै नेताहरु बताउँछन् ।  अर्का अध्यक्ष प्रचण्डले पनि आफ्ना नजिकका नेतालाई मन्त्री बनाउन दबाब दिन सक्ने एक नेता बताउँछन् ।

दाहालको रोजाइमा जनार्दन शर्मा या वर्षमान पुनमध्ये एक हुन सक्ने स्रोत बताउँछ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: