कर्जा लगानीमा बैंकहरुको अस्वस्थ प्रतिस्पर्धा, केही बैंक राष्ट्र बैंकको निगरानीमा

काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि बैंकहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढेको छ । गत चैतमा कोभिड १९ नियन्त्रणका लागि सरकारले गरेको लकडाउनसँगै बैंक तथा वित्तीय संस्थामा कर्जा लगानी ठप्प हुँदा बैंकहरू अधिक तरलताको अवस्थामा पुगेका छन् ।

बैंकहरूमा अधिक तरलताको अवस्था आएसँगै बैंकहरूमा अस्वस्थ प्रतिस्पर्धासमेत सुरु भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा अनिवार्य नगद मौज्दातबाहेक १८८ अर्ब ५० करोड तरलता छ । यस्तै बैंकहरूको अन्तर बैंक ब्याजदर पनि ०.२५ प्रतिशत मात्रै रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा आर्थिक  अनुसन्धान विभाग प्रमुख डा। गुणाकर भट्ट बताउँछन् । वाणिज्य बैंक र वाणिज्य बैंक तथा वाणिज्य बैंक र विकास बैंकबीच साउनयता अन्तर बैंक कारोबार नभएको र न्यून मात्रामा मात्रै वित्त कम्पनीले वाणिज्य बैंकबाट अन्तर बैंक सापटी लिएको उनले बताए ।

यता केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा तीनपटक तरलता प्रशोचन गरेको र तीनपटकै बैंकहररूल‌े ०।५ प्रतिशतभन्दा कम ब्याजदरमै सिलबन्दी बोलकबोल गरेको उनले बताए ।

पछिल्लो समय बैंकहरूमा अस्वस्थ प्रतिस्पर्धा अत्याधिक बढेको बैंकरहरू बताउँछन् । बैंकहरूमा समग्रमा कर्जाको माग नबढे पनि एक(अर्काबीच कर्जा खोसाखोसको अवस्था मात्रै रहेको एक बैंकर्स बताउँछन् । ‘‘समग्र प्रणालीमा कर्जाको माग बढेको छैन, कुनै बैंकको बढ्दा कुनै बैंकको घटेको मात्रै हो,’’ ती बैंकरले भने, ‘समग्रमा कर्जाको माग नबढे पनि केही बैंकको भने कर्जा लगानीमा ठूलो वृद्धि देखिएको छ भने आधार ब्याजदर कम भएका तथा पुराना र ठूला केही बैंकको कर्जा लगानीमा ठूलो मात्रामा घटेको देखिन्छ ।’’ प्रणालीको कर्जा लगानी नबढ्नु तर केही बैंकको कर्जामा गिरावट र केही बैंकको कर्जा लगानी अस्वाभाविक रूपमा बढेकाले पनि बैंकहरूबीचको अस्वस्थ प्रतिपर्धालाई छर्लंग पारेको ती बैंकरको दाबी छ ।

‘‘बैंकहरूमा कर्जा तानातान मात्रै नभएर एक बैंकले एक करोड कर्जा लगानी गरेको छ भने अर्कोले दुई करोड र अर्को बैंकले पाँच करोडसम्म पनि कर्जा दिएको अवस्था छ,’’ ती बैंकरले  भने, ‘यसरी कर्जा प्रवाह गर्दा बैंकहरूमा ठूलो सिस्टमेटिक रिक्स बढेको छ भने पैसा अनुत्पादक क्षेत्रमा जाने जोखिम पनि त्यतिकै बढेको छ,’’  कुनै व्यक्तिलाई एक करोड कर्जा आवश्यक परेको छ र सोहीअनुसार कर्जा माग गर्छ तर उसलाई आवश्यक नै नपरेको पाँच करोड कर्जा बैंकले लगानी गर्छ भने बढी भएको पैसा उसले अनुत्पादक क्षेत्रमा लगानी गर्छ यसले सिस्टमेटिक रिक्स बढाएको ती बैंकरको दाबी छ ।

अर्को एक बैंकको ग्राहक अर्को बैंकले खोस्‍ने होडबाजी नै चलेको ती बैंकर्स बताउँछन् । ‘‘केही बैंकहरूले  आधार ब्याजदर कर्जाभन्दा तल गएर पनि लगानी गरिरहेका छन्,’’ उनले भने, ‘‘आधार ब्याजदर कम भएका बैंकहरूले बैंकहरूमा न्युट्रल पैसा राख्नुभन्दा थोरै भए पनि आम्दानी हुन्छ भनेर न्यूनतम प्रिमियममा लघुवित्तलाई थोक कर्जा प्रदान गरिरहेका छन्, ती बैंकसँग प्रतिस्पर्धा गर्न साना र बढी आधारदर भएका केही बैंकले आधार दरभन्दा तल गएर पनि कर्जा लगानी गरिरहेका छन् ।’’

  नीति तथा नियमभित्र  केही कमी(कमजोरी हुने तर त्यही कमजोरीको फाइदा उठाएर बैंकहरूले सिस्टमेटिक रिक्स बढाएको उनको भनाइ छ । उनले भने, ‘नीति नियमको कमजोरीलाई सुधार गर्दै वित्तीय क्षेत्रले सेल्फ रेगुलेट पनि हुनुपर्छ ।’’

वित्तीय क्षेत्रमा सिस्टमेटिक रिक्स बढेको कुरालाई राष्ट्र बैंकका अधिकारीहरू पनि स्वीकार गर्छन् । राष्ट्र बैंक सुपरिवेक्षण विभागका एक अधिकारीले पनि केही बैंकमा अस्वाभाविक कर्जा बढेको देखिएको र राष्ट्र बैंकले ती बैंकको सूक्ष्म निगरानी गरिरहेको बताउँछन् । ‘‘अहिलेको अवस्थामा सबै क्षेत्र ठप्प छ भने समग्र बैंकिङ प्रणालीको पनि कर्जा लगानी वृद्धि भएको छैन,’’ ती अधिकारीले भने, ‘यस्तो अवस्थामा पनि केही बैंकको अस्वाभाविक कर्जा बढेको छ भने त्यसमा निगरानी बढाउन पर्‍यो ।’’

पछिल्लो समय सेयर बजारमा लगातार उच्च कोरोबार हुनु र केही बैंकको अस्वाभाविक कर्जा वृद्धि हुनुलाई संयोग मात्रै मान्‍न नसकिने भन्दै  यसमा बैंक सुपरिवेक्षण विभागले सचेत गराउने ती अधिकारीले बताए । उनले भने, ‘‘सबै बैंकमा समस्या छैन केही बैंकलाई हामीले सूक्ष्म निगरानी गरिरहेका छौं, त्यहीअनुसार उनीहरूको लगानीको अध्ययन पनि गरिरहेका छौं ।’’

लोन स्वाप गर्न राष्ट्र बैंकले गरेको सहजीकरणको पनि बैंकहरूले फाइदा उठाएको ती अधिकारीको दाबी छ । ‘‘पहिले बैंकहरूले लोन स्वाप गर्दा २र३ प्रतिशतसम्म शुल्क लाग्थ्यो भने अहिले ०।१५ प्रतिशतमै लोन स्वाप गर्न सक्ने व्यावस्था गरेका छौं,’’ उनले भने । राष्ट्र बैंकले गरेको सहजीकरणले पनि बैंकहरूले गलत प्रयोग गरेर अस्वस्थ प्रतिस्पर्धा बढाएको ती अधिकारीको दाबी छ ।

यता विपन्‍नवर्गमा भने बैंकहरूले आधार ब्याजदरभन्दा तल गएर पनि कर्जा लगानी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले नै गरेको उनको भनाइ छ । अहिले अस्वस्थ प्रतिस्पर्धामा देखिएका आधा दर्जनभन्दा बढी बैंकहरू राष्ट्र बैंकको सूक्ष्म निगरानीमा रहेको ती अधिकारीले बताए । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: