प्रहरीमा १२ हजार दरबन्दी खाली, बढुवा नहुँदा निराशा बढ्दो

काठमाडौं । मुलुकको प्रमुख सुरक्षा संगठनमध्येको एक नेपाल प्रहरीमा १२ हजार बढी दरबन्दी खाली भए पनि पदपूर्ति र बढुवा नभएपछि संगठनभित्र निराशा बढ्दै गएको पाइएको छ ।

दरबन्दी खाली भएको लामो समयसम्म पनि व्यवस्थापनको आवश्यक प्रक्रिया सुरु नहुँदा संगठनभित्र निराशा बढ्दै गएको हो । नियमित समयमा बढुवा नहुँदा सांगठनिक वृत्ति विकासमा समेत असर पर्दै आएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीमा हाल १२ हजार १२० जनाको दरबन्दी खाली छ । जसमध्ये एसएसपी ४, एसपी ५, डीएसपी २६, इन्स्पेक्टर २६६, सई १३२, असई १२ सय ३८, प्रहरी हवल्दार १५१, जवान ९ हजार ९ सय ५६ र प्रहरी कार्यालय सहयोगी ३४२ जनाको दरबन्दी खाली छ । हाल तीनजना डीआईजीको दरबन्दी पनि खाली छ । डीआईजीमा केही दरबन्दी थप हुने सम्भावना छ ।

प्रहरी नियमावलीमा रिक्त दरबन्दी तत्काल पूर्ति गर्नुपर्ने व्यवस्था छ । पछिल्लो ६ महिनायता बढुवा र रिक्त दरबन्दी पदपूर्ति हुन सकेको छैन । इन्स्पेक्टर, असई, जवान र कार्यालय सहयोगी खुला प्रतिस्प्रर्धाबाट गर्नुपर्ने भए पनि अन्य पदमा भने आन्तरिक रुपमा समेत बढुवा हुँदै आएको छ । कोरोनालगायत कारणले कतिपय अवस्थामा ढिलो भएको प्रहरी प्रधान कार्यालय बताउँछ ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायत भन्छन्, “जवानको भर्ना प्रक्रिया अन्तिम चरणमा छ । आन्तरिक कामहरु अगाडि बढेका छन् । कोरोना महामारीलगायतले पनि हाम्रा कतिपय कामहरु प्रभावित भएका हुन् । रिक्त दरबन्दी पदपूर्ती गर्न प्रहरी प्रधान कार्यालय गम्भीर छ ।”

उनका अनुसार दरबन्दी पूर्ण नहुँदा संगठनलाई पनि कार्यसम्पादनमा केही समस्या हुने गर्छ । तर पछिल्लो समय कोरोना महामारीले परिस्थितिअनुकूल हुन सकेन ।

शान्ति सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी बोकेको प्रहरीमा दबरन्दी समयमै पूर्ति हुनुपर्ने प्रहरी अधिकारी बताउँछन् । प्रहरी अधिकारीका अनुसार प्रदेशमा समायोजनको प्रक्रियासमेत सुरु भइसकेकाले तत्काल रिक्त दरबन्दीलाई पूर्णता दिइनुपर्छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: