वालिङमा लक्ष्यको ९३ प्रतिशत राजस्व संकलन

स्याङ्जा । कोरोनाको त्रासमा भएको बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजस्व संकलन भने लक्ष्य नजिकै पुगेको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७६÷०७७ मा लक्ष्यको नजिकै अर्थात् ९३.५७ प्रतिशत राजस्व संकलन गरेको हो ।

नगरपालिकाले विभिन्न आयका शीर्षकहरुबाट चार करोड ५० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा चार करोड २१ लाख राजस्व संकलन भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

“विश्वब्यापी फैलिएको कोभिड १९ को सङ्क्रमणबाट सिर्जित बन्दाबन्दीमा पनि वालिङमा लक्ष्यको नजिक÷नजिक पुग्ने गरी राजस्व संकलन भएको छ” नगर प्रमुख खाँणले भने, “बन्दाबन्दीको असरका बाबजुत पनि लक्ष्यको नजिकै पुग्न सक्यौं, नत्र भने लक्ष्यभन्दा बढी राजस्व संकलन हुने अवस्था थियो” ।

नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा सबैभन्दा बढी घरजग्गाको रजिष्ट्रेशनबाट उनान्नब्बे लाख ५९ हजार १५५ राजस्व संकलन गरेको छ । उक्त शीर्षकबाट नगरपालिकाले एक करोड २० लाख राजस्व संकलन गर्ने अनुमान गरेको थियो ।

नगरपालिकाले सिफारिस दस्तुरबाट ५३ लाख ५८ हजार ७ सय ९५, एकीकृत सम्पत्ति करबाट ४९ लाख १५ हजार ७ सय ९५, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट ४२ लाख ८७ हजार ४ सय ९४, नक्सापास दस्तुरबाट ३२ लाख ४९ हजार ६ सय ४५ रुपैयाँ संकलन भएको छ ।

त्यसैगरी घरबहाल करबाट ३० लाख ६६ हजार ४ सय ५३, अन्य प्रशासनिक सेवा शुल्क (सरसफाई) बाट १९ लाख ७४ हजार ४ सय ७०, अन्य सेवा शुल्क तथा बिक्री (ढुंगा, गिटी, बालुवा) को राजस्व बाँडफाँड भई प्राप्त भएको १८ लाख ५३ हजार ८ सय २० संकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालील बताए ।

नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा चार करोड १२ लाख ५५ हजार ७ सय ८७ राजस्व संकलन गरेको थियो । उक्त आ.व. मा घरजग्गाको रजिष्ट्रेशनबाट एक करोड १० लाख ७१ हजार ६ सय ४३, सिफारिस दस्तुरबाट ६२ लाख ७९ हजार ३ सय ४७, एकीकृत सम्पत्ति करबाट. ५३ लाख ८० हजार ८३, नक्सापास दस्तुरबाट ४३ लाख ५६ हजार घर बहाल करबाट ३४ लाख ९२ हजार २ सय ३४, अन्य दस्तुरबाट ३० लाख २२ हजार ४ सय २० लगायतका अन्य शीर्षकहरुमा राजस्व संकलन भएको लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले जानकारी दिए ।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: