भारतमा २४ घण्टामा ६९ हजार ९२१ संक्रमित थपिए

काठमाडौं । भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ९२१ कोरोना संक्रमित थपिएका छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६५ हजार २८८ पुगेको छ ।   

पछिल्लो २४ घण्टामा ८१९ संक्रमितको मृत्यु भएको छ । 

तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा हालसम्म संक्रमितको संख्या ३६ लाख ९१ हजार १६६ पुगेको छ । 

सबैभन्दा धेरै संक्रमण हुने र मृत्यु देशको सूचिमा भारत विश्वमा तेस्रो स्थानमा छ । लकडाउन कुखुलो बनाउँदै रेल सेना तथा सार्वजनिक सवारी साधन सञ्चालन तथा पसल र कलकारखाना सञ्चालन हुन थालेपछि भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: