‘एक भिलेन २’ मा जोन–अर्जुनको अभिनय, छायांकन डिसेम्बरबाट


एजेन्सी । 

वर्ष २०१४ को हिट चलचित्र ‘एक भिलेन’ को सिक्वेलमा अभिनेता अर्जुन कपुर पनि जोडिएका छन् । हालै यसबारे जानकारी दिँदै निर्माण टिमले सिक्वेलमा पहिले नै भित्रिइसकेका अभिनेता जोन अब्राहम र अर्जुन कपुरबीचको भिडन्त नै चलचित्रको मुख्य पक्ष रहने जनाएको छ ।

यसअघि अर्जुनको ठाउँमा आदित्य रोय कपुरलाई राखिएको थियो । यद्यपि आदित्यले प्रोजेक्ट छाडेपछि अर्जुन आएका हुन् । ‘एक भिलेन २’ खलनायकविरुद्ध खलनायकको भिडन्तबारे हुने निर्देशक मोहित सुरी बताउँछन् । साथै उनले जोन र अर्जुन दुवैै नकारात्मक भूमिकामा हुने पनि जानकारी दिएका छन् । 

यसैका कारण चलचित्रको नाम ‘दो भिलेन’ राख्ने भन्ने खबर पनि बाहिरिएको थियो । तर मोहित र निर्माता एकता कपुरले यस विषयमा केही निर्णय भने लिइसकेका छैनन् । 

स्क्रिप्टको काम सकिसकेको र यही डिसेम्बरबाट छायांकनमा जानका लागि निर्माण टिम अहिले भारतलगायत विदेशमा लोकेसनको खोजीमा जुटेको छ । चलचित्रमा यी दुई अभिनेताका साथै दिशा पटानी र तारा सुतारी पनि देखिँदै छन् । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: