हैदरावादको दोस्रो जित

एजेन्सी । यूएईमा जारी १३औँ सस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटअन्तर्गत सनराइजर्स हैदरावादले दोस्रो जित निकालेको छ । 

शुक्रबार भएको खेलमा हैदरावादले चेन्ननई सुपर किङ्सलाई ७ रनले हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदरावादले जितका लागि दिएको १६५ रनको लक्ष्य पछएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १५७ रन बनायो । 

चेन्नईका लागि रविन्द्र जडेजाले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ५ चौका र २ छक्काको हसयोगमा ५० रन बनाए । त्यस्तै कप्तान महेन्द्र सिंह धोनीले ४७ रनको योगदान गरे । 

चेन्नईका लागि फाफ डू प्लेसिसले २२ रन जोड्दा श्याम करनले १५ रन जोडे । बलिङतर्फ हैदरावादका लागि थन्गरासु नटराजनले दुई विकेट लिए । त्यस्तै भुवनेश्वर कुमार र अबदुल समादले समान एक–एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । हैदरावादका लागि प्रियाम गर्गले अर्धशतकीय पारी खेले । २६ बल खेलेका उनले ६ चौका र १ छक्काको सहयोगमा नट आउट ५१  रन बनाएका हुन् । त्यस्तै अविशेक शर्माले ३१ रन बनाउँदा  मनिस पाण्डे २९, डेविड वार्नरले २८ रनको योगदान गरे । 

बलिङतर्फ चेन्नईका लागि दीपक चहारले दुई विकेट लिए । त्यस्तै र्शदुल ठाकुर र प्रियुस चवालाले समान एक–एक विकेट लिए ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: