ओलीले ल्याएको अध्यादेशको विरोध गर्नेलाई अहिलेको अध्यादेश समर्थन गर्ने हक छैन : गगन थापा


 २ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन् ।

अहिलेको सरकारले ल्याएको अध्यादेशको समर्थन गर्ने भए केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने उनको भनाइ छ । सामाजिक सन्जालमा थापाले लेखेका छन्, ‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत ।’

उनी थप लेख्छन्, ‘हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन । समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।’

साथै उनले ओलीले ल्याएको अध्यादेशको समर्थन गर्नेहरुलाई अहिले अध्यादेशको विरोध गर्ने हक नभएको पनि बताएका छन् ।

‘गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन÷हुँदैन । विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: