राष्ट्रिय झण्डा जलाउने ९ जना पक्राउ

 

काठमाडौं । 

राष्ट्रिय झण्डा जलाउन संलग्न ९ जनालाई प्रहरीले पक्रेको छ । प्रहरीका अनुसार राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग सहित हालसम्म ९ जनालाई पक्राउ गरिएको हो ।

प्रहरीको टोलीले उनीहरुलाई मंगलबार र बुधबार पक्रेको जनाएको छ । पक्राउ गरिएका विरुद्ध कानुन बमोजिम कारबाही गरिने प्रहरीले बताएको छ ।

सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक गरिएको थियो जसमा भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाउँछन् ।

चौतर्फी विरोध भएपछि अनुसन्धान थालेको महानगरीय अपराध महाशाखाले ६ जनालाई पक्रेको हो ।

म्युजिक भिडिओ भने मकवानपुरको वाग्मती गाउँपालिका ३ स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: