ओली–प्रचण्डबीच भेटवार्ता स्थागित

काठमाडौं, भदौ ८। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता स्थगित भएको छ । महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि भेटवार्ता तय भए पनि अन्तिम समयमा स्थगित भएको बालुवाटर स्रोतले जनाएको छ ।

पौडेल संयोजकत्वको कार्यदलले नेपाल(भारत सीमा समस्याका लागि स्थायी कमिटीबाट विशेष प्रस्ताव पारित गर्न सुझाव दिएको थियो । भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल, पम्फा भुसाल सदस्य रहेको कार्यदलले बुझाएको प्रतिवेदनमा पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि विभिन्‍न सुझाव दिइएको छ ।

अध्यक्षद्वयको छलफलमा सहमति जुटेपछि नेकपाले सचिवालय बैठक बोलाउने तयारी छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: