फिल्म ‘झोला झाल’को सुटिङ सुरु

 

फिल्म ‘झोला झाल’को सुटिङ सुरु भएको छ । दिनेश पाख्रिनको निर्माण रहेको फिल्मको सुटिङ सोमबार काठमाडौको शंखमुल चोकबाट सुरु भएको हो । कथा समेत निर्माता दिनेशकै रहेको फिल्मका निर्देशक आर.एल मोक्तान हुन् । फिल्ममा पटकथा, सम्बाद समेत निर्देशक मोक्तानकै रहेको छ ।

रोहित रुम्बा, कविता राय, कालु राना, रस्मी भट्ट, रमेश बस्नेत, रेसम फिरिरि, शैलेस पहारी, सविना मल्ल ठकुरी,  श्रृजना मल्ल ठकुरी, पवन नगरकोटी, अनिल लामा, दिनेश पोख्रिनलगायतको अभिनय रहने फिल्म समसामाहिक बिषयमा निर्माण हुन लागेको हो ।

दीपक आलेमगर, मिलन श्रेष्ठ, कर्णबहादर बिष्ट, टेकेन्द्र निर्माता रहेको फिल्मको कार्यकारी निर्माता शेखर लामा हुन् । 

बिकाश चौधरीको संगीत रहने फिल्मको छायाँकन रामेश्वर केसीले गरिरहेका छन् । कोरोनाको महामारीको कारण सामाजिक दुरी कायम गर्दै सुरक्षा अपनाएर फिल्मको छायाँकन सुरु गरिएको निर्देशक आरएल मोक्तानले बताए ।   


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: