कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा गर्भवती महिलासहित ७ जनाको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।

संक्रमणका कारण वीरगञ्जमा चार जना, ललितपुरमा एक जना, पोखरामा एक जना र बुटवलमा एक जनाको ज्यान गएको हो ।

वीरगञ्जस्थित दुई वटा अस्पतालमा ४ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा तीन जना कोरोना संक्रमित रहेका छन् भने एक जनाको शंकास्पद मृत्यु भएको छ ।

हिजो साँझ ६ बजेदेखि आज बिहानसम्म चार जनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा। अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

हिजो साँझ नारायणी अस्पतालमा धोबिनी–३ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको थियो । हिजै राति ८ बजे रौतहट, राजदेवी नगरपालिका मुडवलबाका ८० वर्षीय वृद्धको शंकास्पद मृत्यु भएको थियो ।

त्यसैगरी, आज बिहान बारा, हर्दिया ४ की २३ वर्षीया गर्भवती महिला संक्रमितको मृत्यु भएको छ । तीनै जनाको नारायणी अस्पतालमा मृत्यु भएको हो भने एक जनाको आज वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

वीरगञ्ज १४ बहुअरीका ६२ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । चार जनामध्ये पर्साका २, बाराका एक र रौतहटका एक जना रहेका छन् ।

रौतहटका ८० वर्षीय वृद्धको कोरोना रिपोर्ट आउन बाँकी रहेको छ भने बाँकी तीन जनामा कोरोना संक्रमण पुष्टि भएर उपचार भइरहेको थियो ।

त्यसैगरी ललितपुरको पाटन अस्पतालमा उपचाररत एक ६५ वर्षीया कोरोना संक्रमितको पनि मृत्यु भएको छ । उनी भक्तपुर बालकोट निवासी भएको बताइएको छ ।

आइसीयूमा उपचाररत उनको आज मृत्यु भएको हो । बुटवलको धागो कारखानामा सञ्चालित बुटवल कोरोना विषेश अस्पतालमा पनि एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका–२ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको भदौ ५ गते कोरोना पुष्टि भएको थियो । उनी उच्च रक्तचाप, मधुमेहको बिरामी भएको अस्पतालले जानकारी दिएको छ ।

त्यसैगरी पोखरामा पनि एक ३२ वर्षीय महिलाको संक्रमणका कारण मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड १९ केन्द्रको आइसियूमा उपचार भइरहेकी पोखरा महानगरपालिका ११ की ३२ वर्षीय महिलाको मृत्यु भएको हो । उनको आज बिहान मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८२ पुगेको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: