पर्यटकको दैनिक खर्च बढ्यो

काठमाडौं, भदौ १३ । नेपाल भ्रमण गर्ने पर्यटकले गर्ने खर्च बढेको छ । सन् २०१८ को तुलनामा सन् २०१९ मा प्रतिपर्यटक प्रतिदिन खर्च चार डलरले बढेको हो । ‘नेपाल टुरिजम स्टाटिस्टिक्स–२०१९’ अनुसार सन् २०१८ मा एक पर्यटकले ४४ अमेरिकी डलर खर्च गर्ने गरेकोमा २०१९ मा ४८ अमेरिकी डलर पुगेको छ । प्रतिपर्यटक प्रतिदिन खर्च २०१७ मा ५४ अमेरिकी डलर र २०१६ मा ५३ डलर थियो । २००८ मा दैनिक खर्च ७३ डलर समेत पुगेको तथ्यांक छ । सन् २०१५ यता भने पर्यटकले गर्ने खर्च घट्दै गएको देखिन्छ । सो वर्ष यस्तो खर्च ६८।५७ डलर थियो । यसपछिका वर्षमा क्रमशः घट्दै गएको छ ।

नेपाल आउने पर्यटकको प्रतिदिन खर्च घट्दै गएको भन्दै चिन्ता प्रकट भइरहेको बेला पछिल्लो प्रतिवेदनले थोरै भए पनि बढेको देखाएको छ । तर, यो सन्तोषजनक भने छैन । भूकम्प र नाकाबन्दीका वर्षमा पर्यटक आउने क्रम घटेको भए पनि विगत १० वर्षमा पर्यटन आगमनमा क्रमशः वृद्धि भएको तथ्यांकले देखाएको छ । 

पर्यटकअनुसार दैनिक खर्च भने बढेको छैन । पर्यटकका लागि गुणस्तरीय सेवा दिनुमा भन्दा पर्यटन सेवा प्रदायक कम्पनीहरूले प्रतिस्पर्धामा सेवाको मूल्य घटाउने प्रचलनको कारण पर्यटकको खर्च बढाउन, बसाई अबधि लम्ब्याउन नसक्नु र सेवा प्रदायकमा नवीनता र सेवामा गुणस्तर बढाएर मूल्यमा बृद्धि गर्न नसक्नु यसको प्रमुख कारण रहेको नेपाल पर्यटन बोर्डका पूर्व प्रमूख दीपकराज जोशीको भनाइ छ । “यहाँ तथ्याङकको सही संकलन, विश्लेषण र विश्वसनियता हुन नसक्नु पहिलो कारण छ, अर्का भनेको डिजिटल पेमेन्टको प्लेटफर्म बढेर जाँदा राजस्व चुहावट भएको छ,” उनले भने, “डिजिटलका पेमेन्ट प्लेट्फर्म बढेपछि त्यो रकम नेपाल नभित्रिएको आशंका छ र सोही कारण खर्च घटेको देखिन्छ ।” उनका अनुसार, पछिल्लो समयमा होटल र पर्यटन सेवा प्रदायक कम्पनी खोल्नेको संख्या र पर्यटक दुवै वृद्धि भएपनि गुणस्तरको अवस्था अझै बढ्न सकेको छैन ।

पछिल्लो प्रतिवेदनले भने थोरै भए पनि दैनिक खर्चसँगै बसाई अवधि र पर्यटनबाट हुने वार्षिक आम्दानी पनि बढेर देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको प्रतवेदनमा वार्षिक आम्दानीमा सन् २०१८मा ७० करोड ३१ लाख र सन् २०१९ मा आइपुग्दा ७२ करोड ४३ लाख अमेरिकी डलर रहेको छ । 

यस्तै, सन् २०१८ मा १२।४ प्रतिपर्यटक औषत बसाइ ९ दिन रहेकोमा सन् २०१९मा १२।७ दिन पुगेको छ । पर्यटक संख्या २०१८ मा ११ लाख ७३ हजार रहेकोमा सन् २०१९मा ११ लाख ९७ हजार पुगेको छ ।

सन् २०१६ मा नेपाल आएका विदेशी पर्यटकले औसमा १३।४ दिन बस्ने गरेकोमा सन् २०१७ मा आइपुग्दा बसाई अवधि घटेर १२।६ दिनमा सीमित भएको थियो । यसैगरी सन् २०१८ मा औसतमा १२।४ र सन् २०१९ मा १२।७ दिन पर्यटक नेपाल बसेको तथ्यांक छ । पर्यटकको संख्या वृद्धिसँगै पर्यटन क्षेत्रबाट आम्दानी भने बढेर गएको छ । 

सन् २०१७ मा ६५ करोड ८० लाख र सन् २०१८ मा ७० करोड ३१ लाख र सन् २०१९मा आईपुग्दा ७२ करोड ४३ लाख अमेरीकी डलर रहेको छ । मन्त्रालयले आर्थिक २०७६(७७ मा पर्यटकको बसाई अवधिमा १३ दिन पर्यटक खर्चमा ५६ डलरको लक्ष्य लिएकोमा क्रमश १२ं।७ दिन र ४८ डलर मात्र प्रगति भएको जनाएको छ ।

तथ्यांकअनुसार नेपाल आउने पर्यटक सन् २००७ को तुलनामा सन् २००८ मा ५ प्रतिशतले घटेको थियो । सन् २००९ देखि लगातार यस्तो वृद्धिदर बढेको भएपनि पर्यटकले गर्ने खर्च मार्फत हुने दैनिक आम्दानी भने ओरालो लागेको छ । सन् २००८ मा प्रति पर्यटक ७३ अमेरिकी डलर दैनिक आम्दानी भएको थियो । यसपछिका वर्षहरूमा यस्तो आम्दानी घट्दै गएर सन् २०१२ मा यो तथ्यांक ३५।६ डलरमा सीमित भएको थियो । सन् २००९ देखि १२ सम्म नेपाल आउने पर्यटक क्रमशः २, १८, २२ र ९ प्रतिशतले बढेको छ । सो अवधिमा प्रतिपर्यटक दैनिक आम्दानी भने ७३ डलरबाट ६५, ४३, ३८ हुँदै सन् २०१२ मा ३५ डलरमा सीमित भएको थियो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: