लेखाका २८ उपसचिवको सरुवा

काठमाडौं, महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका २८ जना उपसचिवको सरुवा गरेको छ। कार्यालयले शुक्रबार उनीहरूको सरुवा गरेको हो। 

कार्यालयका अनुसार लेखा समूहका उपसचिवहरू जीवनप्रकाश मोहत्रा, गोकुल बास्तोला, युवराज आचार्य, प्रेमचन्द्र भुषाल, हेमराज पौडेल, जगतप्रसाद भट्ट र काशिनाथ भट्टराईको सरुवा भएको छ। यसैगरी भवराज जोशी, भुवनप्रसाद काफ्ले, ज्ञानेन्द्रराज ओझा, वासुदेव खनाल, केदारप्रसाद अर्याल, सुकदेवप्रसा बाँस्कोटा, नारायणप्रसाद उपाध्याय र श्यामकृष्ण थापाको पनि सरुवा भएको छ। 

यस्तै रविन कोइराला, मुरारी निरौला, रेशमकुमार खत्री, नवराज घिमिरे, केशवराज सुवेदी, मणिभद्र न्यौपाने, खडानन्द अधिकारी र शिवराम भट्टराईको पनि सरुवा भएको छ। 

कार्यालयका अनुसार रामप्रसाद बिडारी, शिवहरि कोइराला र रामकृष्ण पुडासैनीको पनि सरुवा भएको छ। कमल सापकोटा र रामबाबु पुरीको काज सरुवा भएको छ। सापकोटाको कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपरासी पश्चिम र पुरीको कोष तथा लेखा नियन्त्रक कार्यालय पाँचथरमा सरुवा भएको छ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: