यस्तो छ हालसम्म सीपीएलमा सन्दीपको प्रदर्शन

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले यो सिजनको सीपीएलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियोगितामा यो सिजन पाँच खेल खेलेका सन्दीपले ९ विकेट लिन सफल भएका छन् । ९ विकेट लिएका सन्दीप सीपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको चौथो स्थानमा उक्लेका छन् ।

सिजनको पहिलो खेलमा सन्दीपले आफूआबद्ध टोली जमैका तालावाजका लागि एक विकेट लिएका थिए । पहिलो खेलमा सन्दीपले सेन्ट लुसियाविरुद्ध चार ओभर बलिङ गर्दै २३ रन खर्चेर १ विकेट लिन सफल भएका थिए । दोस्रो खेलमा पनि एक विकेट लिएका सन्दीपले रन भने धेरै खर्चिए । उनले ट्रिनबागोविरुद्ध ३० रन खर्चेर १ विकेट लिए । दोस्रो खेलमा सन्दीपले धेरै रन खर्चे । 

प्रतियोगिताको आफ्नो तेस्रो खेलमा भने सन्दीपले आफ्नो लय समात्न सफल भए । उनले गायनाविरुद्धको तेस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभर बलिङ गरेका सन्दीपले मात्र  ८ रन खर्चेर २ विकेट लिन सफल भए । सन्दीपका अघिल्ला दुई खेलभन्दा यो प्रदर्शन भने उत्कृष्ट रह्‍यो ।

उनले आफ्नो चौथो खेलमा पनि एक विकेट लिए । सन्दीपले गायनाविरुद्धको चौथो खेलमा भने चार ओभर बलिङ गर्दै १२ रन खर्चेर १ विकेट लिए । सन्दीपले आफ्नो पाँचो खेलमा दुई विकेट लिन सफल भए । उत्कृष्ट लयमा रहेका सन्दीपले बार्बेडोसविरुद्धको खेलमा चार आभेर बलिङ गर्दै १६ रन खर्चेर २ विकेट लिएका थिए ।

सन्दीपले आफ्नो छैटौं खेलमा पनि राम्रो बलिङ गर्न सफल भए । सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्सविरुद्धको खेलमा उनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिन सफल भए । यसरी लगातार विकेट लिन सफल भएका सन्दीप हाल सीपीएलमा उत्कृष्ट बलरको रुपमा चिनिन्छन् ।

सन्दीप हाल सीपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीको चौथो स्थानमा उक्लिएका छन् । उनीसँगै मोहम्मद नाबीको पनि समान ९ विकेट छ । जमैकाकै मुजिब उर् रहमान १३ विकेटसहित पहिलो स्थानमा छन् । इमरान ताहिर र स्कट कुगलेजिनको ११ विकेट रहेको छ दुवै खेलाडी संयुक्त रुपमा दोस्रो स्थानमा छन् । जमैकाविरुद्ध ३ विकेट लिएपछि रायद इमृट तेस्रो स्थानमा छन् ।

प्रतियोगितामा हाल सन्दीपको टिम जमैका ६ खेलमा ३ जित र ३ हारसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान ६ खेल खेलेको ट्रिनबागो १२ अंकसहित पहिलो र सेन्ट लुसिया ८ अंकसहित दोस्रो स्थानमा छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: