अब रेस्टुरेन्टमा बसेर खान नपाइने


 सरकारले रेष्टुरेन्ट तथा खाजाघरमा बसेर खानेकुरा खान नदिने भएको छ ।

साना–ठूला रेष्टुरेन्ट र खाजाघरमा खाजाघरमा सुरक्षा मापदण्ड नअपनाइएको र भीडभाड हुने गरेको पाइएको भन्दै सरकारले त्यस्ता रेस्टुरेन्ट र खाजाघरलाई टेक अवे सेवा मात्र दिने निर्णय गरेको हो ।


पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार अब होटेलस्थित रेष्टुरेन्ट र खाजा घरहरुले समेत मानिसलाई राखेर सेवा दिन पाउने छैनन् । सरकारले स्थानीय प्रशासनमार्फत यसको अनुमगन गर्ने र अटेरी गर्नेमाथि कारवाही गर्नेछ ।


सोमबारको मन्त्रिपरिषद बैठकको निर्णयपछि ठूला होटलहरु पनि थप १५ दिन बन्द अवस्थामा नै रहनेछन् । किनभने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भदौ १६ गतेसम्म बन्द हुनेछन् ।


‘जहाज नखुलेपछि होटेल स्वतः बन्द रहनेछन्,’ तामाङले भने । हवाई यातायात र होटेल खुला भएपछि भने सम्बन्धित मुलुकबाट पीसीआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई नेपाल आउने अनुमति दिइने भएको छ ।


सरकारले त्यसको आन्तरिक तयारी गरिरहेको छ । यसरी नेपाल आएका पर्यटक ७ दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ ।


सरकारले यसरी क्वारेन्टिनका रुपमा उपयोग गर्ने प्रयोजनका लागि भने अब होटल तोक्ने भएको छ । दैनिक ५ सय जनासम्म पर्यटक आउन सक्ने अनुमानसहित क्वारेन्टिन होटेल तोकिने उनले जानकारी दिए । सरकारले ७ दिन क्वारेन्टिनमा बस्ने गरी अनिवार्य होटल बुकिङ गरेको प्रमाण देखाएपछि मात्र नेपाल आउने अनुमति दिनेछ ।


होटलमा बसेर बाहिर निस्कने बेला पनि पीसीआर परीक्षण गरी त्यसमा नेगेटिभ आएमात्र पर्यटकले घुमघामको अनुमति पाउनेछन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: