रुसका विपक्षी नेता नाभाल्नीलाई चियामा विष दिएपछि अचेत, आईसीयूमा उपचार गरिदै


मस्को । 

भ्रष्टाचार विरोधी अभियानकर्तासमेत रहेका रुसका विपक्षी नेता एलेक्सेई नाभाल्नीलाई चियामा विष खुवाइपछि अचेत भएका छन् । अचेत भएका ४४ वर्षीय नाभाल्नीको सघन उपचार कक्ष ९आईसीयू० मा उपचार भइरहेको उनकी प्रवक्ता किरा यार्मिसले बताएकी छन् ।

उनका अनुसार साइबेरियाको टोम्स्कबाट विमानमा मस्को फर्किने क्रममा उनी अचेत भएका थिए । त्यसपछि विमानलाई साइबेरियाकै ओम्स्क सहरमा आपतकालीन अवतरण गराएर उनलाई अस्पताल भर्ना गरिएको हो । अस्पतालले उनको स्वास्थ्य अवस्था स्थिर रहेको भए पनि जटिल भएको बताएका छन् । 

यार्मिसले ट्विट गर्दै नाभाल्नीलाई विष खुवाइएको जानकारी दिएकी छन् । उनका अनुसार साइबेरियाबाट मस्कोका लागि प्रस्थान गर्नुअघि उनले चिया मात्र पिएका थिए । चियामै केही मिसाइएको हुनसक्ने उनले आशंका गरेकी छन् । 

यात्राका क्रममा यार्मिस पनि विमानमा नाभाल्नीसँगै थिइन् । त्यतिबेला नाभाल्नीलाई अत्यधिक पसिना आइरहेको थियो । यार्मिसका अनुसार उनले ध्यान अन्त मोडिने भन्दै आफूसँग कुरा गरिरहन आग्रह गरेका थिए ।

त्यसपछि नाभाल्नी उठेर बाथरुम गएको र त्यहीँ अचेत भएका थिए । उनको ओम्स्कस्थित अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । नाभाल्नीले रुसमा भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गरिरहेका छन् । उनी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचकसमेत हुन् ।

नाभाल्नीले जुनमा संविधान संशोधन गरेर राष्ट्रपति पुटिनलाई आगामी दुई कार्यकाल राष्ट्रपतिमा रहने बाटो खुला गर्ने विषयमा चर्को विरोध गरेका थिए । नाभिल्नीमाथि यसअघि पनि आक्रमण हुँदै आएको थियो। सन् २०१७ मा पनि उनको आँखामा केमिकल हानिएको थियो । (बीबीसी


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: