‘गोल अफ द सिजन’ अवार्ड क्रिस्टियानो रोनाल्डोलाई

काठमाडौं । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए च्याम्पियन्स लिग फ्यान्स ‘गोल अफ द सिजन’ अवार्ड जितेका छन् ।

भोटका आधारमा रोनाल्डोलाई अवार्डको घोषणा गरिएको हो । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले घोषणा गरेको च्याम्पियन्स लिगको गोल अफ दि सिजनमा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको हो ।

उनले सबैभन्दा धेरै मत पाए । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा रोनाल्डोले गरेको गोल उत्कृष्ट बनेको हो ।

यो खेल युभेन्ट्सले २–१ ले जितेको थियो । तर, पहिलो लेगमा १–० ले पछि परेको युभेन्ट्स अवे गोलको आधारमा च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । एजेन्सी 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: