कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८३


काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३ पुगेको छ । उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ महिला र तीन पुरुषकको मृत्यु भएको छ । 

कोरोना संक्रमणबाट मृत्यु हुनेमा ललितपुरका ६५ वर्षीया एकजना, बाराका २३ वर्षीया एकजना, कास्कीका ३२ वर्षीया एकजना, रुपन्देही र बाँकेका ७० वर्षीया एक(एकजना महिला रहेका छन् । 

त्यसैगरी काठमाडौंका ८४ वर्षीय, पर्साका ६२ वर्षीय एकजना र कपिलवस्तुका ५० वर्षीया पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । 

नेपालमा कुल कोरोना भाइरस संक्रमितको ० दशमलव ५२ प्रतिशतको मृत्यु भएको छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: