साताको एक दिन ब्रत बसौं


'यसपालिको तीजमा नो ब्रत प्लिज' गीतले धेरै बहस उत्पन्न गरायो। आफूलाई लागेको कुरा मज्जासँग राख्न पाउनु नै लोकतन्त्रको सुन्दर पक्ष हो।

यो गीतमा धेरैले आ-आफ्नै राय दिए। तीजको ब्रतबारे बेग्लै बहस होला।

म यहाँ आज ब्रतको मात्र कुरा गर्छु र महिला-पुरुष दुवैलाई भन्छु- हरेक साता ब्रत बसौं प्लिज।


यो लेख गाउँका आधा पेट खाने वा एक छाक मात्र खाएर सुत्ने व्यक्तिहरूका लागि होइन। गाउँमा खेतमा काम गर्ने किसान, बन्दाबन्दीका बेलामा पनि मजदुरी गरेर घर चलाउने मजदुर परिवारका लागि पनि होइन। न गरिबीका कारण 'स्वत' ब्रत बस्नु पर्ने बाध्यता भएकालाई हो।


यो तपाईं-हामी जस्तो पत्रिका पढ्ने, बन्दाबन्दी बेलामा फिल्म हेरेर समय बिताउने, सहरिया जीवनशैली भएकाहरूका लागि हो। 


विभिन्न धर्ममा ब्रतले स्थान पाएको छ। यस्ता ब्रत कसले लिने, कसले नलिने भनेर कतै खासै बहस हुँदैन। हरेक जात र विश्वासअनुसार कसैले लिन्छ, कसैले लिँदैन।


मुस्लिम धर्म मान्नेहरू रमादानको बेलामा एक महिनासम्म सूर्य उदाएदेखि नअस्ताएसम्म केही खाँदैनन्। अर्थात पूरा महिना रोजा (ब्रत) गर्छन्।


हिन्दु धर्ममा ब्रत बस्ने अवसर धेरै नै छन्। एकादशीदेखि नौरथाको ब्रत, विभिन्न पूजाआजामा, श्राद्धको अघिल्लो दिन एक छाक खाने, चन्द्र ग्रहण, सूर्य ग्रहण, विवाह, व्रतबन्ध बेलामा एक छाक मात्रै अन्न खाएर बसेको पनि ब्रत नै हो। किरियापुत्री बस्दा पनि हरेकका आफ्ना चलनअनुसार खान्छन्।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: