भरतपुर अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु


चितवन । 

भरतपुर अस्पतालमा उपचाररत एक थप एक कोरोना संक्रमितको आज ९बिहीबार० मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका १३ का ६५ वर्षीय पुरुष छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार विगत ६ दिनदेखि कोरोना संक्रमण भई अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको दिउँसो २स्५७ बजे मृत्यु भएको हो ।

मृतक पुरुष दीर्घरोगी रहेको र उनमा फोक्सोमा क्षयरोग, स्पाइनल इन्जुरी, मिर्गौलामा समस्या रहेको तिवारीले  जानकारी दिए ।

उनीसँगै कोरोना संक्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीनजनाको मृत्यु भएको छ । अर्का एकजनाको पूर्वी चितवनमा आफ्नै निवासमा मृत्यु भएको थियो । यीमध्ये एकजना कैलालीका कोरोना संक्रमित थिए ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: