राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा, अन्त्येष्टी आर्यघाटमा

 

काठमाडौं, भदौ ३ ।

 राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको छ ।

बुधबार विहान घिमिरेको निवासमा पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाई राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

मंगलबार साँझ एक सय एक वर्षको उमेरमा निधन भएका राष्ट्रकवि घिमिरेको शवलाई नेपाली सेनाले स्कर्टिङ गर्दै पशुपति आर्यघाट लैजाने छ ।

घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।

घिमिरेको अन्तिम श्रद्धाञ्जलीमा नेपाली सेना र सशस्त्र प्रहरीको एक/एक टुकुडीले सलामी अर्पण गर्ने सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभएको छ ।

नेपाली सेनाले कविवर घिमिरेलाई मानार्थ सहायक रथिको उपाधि प्रदान गरेको थियो ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: