१४ वर्षयताको एउटा अनुत्तरित प्रश्न बेपत्ता पारिएकाहरूको अवस्था कहिले थाहा हुन्छर

काठमाडौं, पूर्वसांसद रुपा महर्जनले बेपत्ता पारिएका आफ्ना पति (सुचिन्द्र महर्जन, तत्कालीन नेकपा माओवादी नेता) को मृत्यु भइसक्यो वा छैन भन्ने थाहा  पाएकी छैनन्। कसले बेपत्ता पारेको हो भन्ने पनि उनलाई थाहा छैन। २०६० सालमा उनको पतिलाई सादा पोशाकमा आएका मानिसले लगेका थिए। ‘केही काम छ’ भन्दै लगेका उनी आजसम्म फर्केका छैनन्।

कसले र किन बेपत्ता पार्‍यो ? उनी  जिउँदो छन् कि मरे भन्नेसम्मको जानकारी उनले पाएका छैनन्। सरकारले  बेपत्ता आयोग गठन गरेपछि उनले आयोगमा उजुरी पनि दिएकी थिइन्। तर आयोग चार वर्षसम्म केही नगरी विघटन भएपछि भने न्याय पाइने आश सकियो। ‘फेरि आयोग गठन भए पनि कहिले न्यायको प्रक्रिया पूरा होला र हामीले परिवारको बारेमा जान्न पाउँलारु’, रुपाले भनिन्, ‘अवस्थाबारे मात्रै जान्न पाए हुन्थ्यो, कति आश मात्र गर्नु’

लामो संघर्षपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बनेकाले त्यसले सत्यतथ्य पत्ता लगाउनेमा आफू आशावादी भए पनि दोषीलाई कारबाही हुने कुरामा भने उनलाई शंका छ।

कसैले ढोका ढकढकायो कि बारबर्दिया १ जमुनिया बर्दियाकी देवीसरा वलीलाई श्रीमान नै फर्केएकी भन्ने आशा पलाउँथ्यो। तर उनी धेरै वर्षदेखि  यी सवैकुरा बिर्सन थालेका छन्। बितेको १८ वर्ष देवीसराको आँखा कसैको पर्खाइमा यसैगरी बाँचिरहेका छन्।

‘मासु लिएर आउँछु, मसला पिसेर राख है’ भन्दै उनका श्रीमान सुरेश कुमार वली घरबाट निस्किएको १८ वर्ष भयो। २०५९ साल पुस ७ गते बिहान साढे ६ बजे नै सुरेशकुमार घरबाट निस्किएका थिए। देवीसरा गर्भवती थिइन्। गर्भवती श्रीमतीलाई पुसको चिसोमा मासु खुवाउन भन्दै उनी पसलतर्फ लागेका थिए।

सामान्य खेती किसानी गरी जीविको पार्जन गर्दै आएका श्रीमानलाई घरबाट निस्किए लगत्तै प्रहरीले बाटोमै पक्राउ गरेर लगेको देवीसरालाई याद छ। त्यसपछि के गरियो, कहाँ लगियो, अहिलेसम्म पनि थाहा पाउन सकेकी छैनन्। बितेका यत्रा वर्षमा उनले न्यायका लागि धेरै संघर्ष गरिन्। आयोग गठन भएपछि उजुरी पनि दिइन् तर श्रीमान कहाँ छन्, थाहा पाइनन्। अहिले उनलाई न्याय पाउन आश छैन। ‘सधै सबैले आश मात्र देखाउने रहेछन्, न्याय पाउन सजिलो रहेनछ’,देवीसरीले भनिन्।

देवीसरा र रुपा उदाहरण मात्र हुन्। २०५२ देखि २०६२ सालसम्म चलेको बेपत्ता भएका सबैको साझा पीडा यस्तै छ।

आइतबार ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस आइरहँदा पीडित परिबारले बेपत्ता परिबारलाई घरमै बसेर सम्झिरहेका छन्। कोरोना महामारीका कारण पीडितहरु कुनै पनि कार्यक्रम नगरी सम्झिरहेका छन्।

कति छन् बेपत्ता ?

राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांक अनुसार राज्यबाट ८४२ र तत्कालीन माओवादी पक्षबाट १५२ व्यक्ति बेपत्ता भएका छन्। तर बेपत्ता परिवार समाजको तथ्यांङमा भने राज्यद्वारा बेपत्ता पारिएका व्यक्तिको सङया एक हजार ९५ छ। 

आयोगले बलपूर्वक बेपत्तासम्बन्धी उजुरीको छानबिनका क्रममा देशमा ९ स्थानमा शवोत्खनन् गरी अनुसन्धान गरिसकेको छ। 

बेपत्ता आयोगमा २८ सय उजुरी रहेका छन्। ती उजुरीमा प्रारम्भिक अध्ययन आयोगले गरेको छ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: