सुनको भाउ फेरि ५ सयले घट्यो, चाँदी प्रतितोला १३२० रुपैयाँ

काठमाडौं । सुनचाँदीको भाउ फेरि घटेको छ । हिजो ९आइतबार० को तुलनामा आज तोलामा ५ सय रुपैयाँ सुनको भाउ ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९७ हजार ९ सय कायम गरेको छ । हिजो तोलाको ९८ हजार ४ सय थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९७ हजार ४ सय कायम भएको छ । हिजो तोलाको ९७ हजार ९ सय तोकिएको थियो ।

यसैगरी चाँदीको भाउ फेरि पनि तोलामा २५ रुपैयाँले गिरावट आएको छ । हिजो तोलाको १३ सय ४५ रुपैयाँमा झरेको चाँदी आज फेरि १३ सय २० रुपैयाँमा झरेको महासंघले जनाएको छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: