ओली–प्रचण्ड भेटवार्ता सुरु, कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दुई अध्यक्ष, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै भेटवार्ता सुरु भएको प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

उनीहरूबीच कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची तय भएको छ । आजको अध्यक्षद्वयको बैठकले सचिवालयको मिति तय गर्ने सम्भावना पनि रहेको स्रोतले जानकारी दियो ।

पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वको कार्यदलले शनिबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । त्यसलाई दुई अध्यक्षले आवश्यकताअनुसार परिमार्जन गरेर प्रस्तावको रूपमा सचिवालयमा लैजाने, सचिवालयले अनुमोदन गरेपछि स्थायी कमिटीमा पेस गर्ने कार्यसूची रहेको छ । 

स्थायी कमिटीको बैठक गत साउन १८ गतेदेखि अवरुद्ध रहँदै आएको छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: