राष्ट्र उत्थान लघुवित्तले कमायो करिब १ करोड ६९ लाख मुनाफा

काठमाडौं । फिन्गोबाट रुपान्तरण भएको राष्ट्र उत्थान लघुवित्तले गत आर्थिक वर्ष ०७६र७७ मा १ करोड ६८ लाख ८२ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आव ०७५र७६ को भन्दा ८०।११ प्रतिशतले बढी हो ।अघिल्लो आवमा लघुवित्तले ९३ लाख ७३ हजार खुद मुनाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा ६६ करोड ९१ लाख ८३ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट बरोइङ र ६१ करोड ८८ लाख ९५ हजार बचत संकलन गरेको लघुवित्तले एक अर्ब २९ करोड १३ लाख ३७ हजार कर्जा लगानी गरेको छ । उक्त अविधमा लघुवित्तले ११ करोड १६ लाख ६५ हजार खुद ब्याज आम्दानी गर्दा २ करोड ६७ लाख ९७ हजार सञ्‍चालन मुनाफा आर्जन गरेको छ ।

पुँजीकोष अनुपात १४।७९ प्रतिशत रहेको लघुवित्तको निष्क्रिय कर्जा १।१२ प्रतिशत र कोषको लागत ११।२५ प्रतिशत छ। यस अविधिमा लघुवित्तको चुक्ता पुँजी  १७ करोड ५० लाख र जगेडा तथा अन्य कोषमा ६ करोड ९० लाख ६१ हजार रुपैयाँ छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: