कोभिड–१९ का कारण ‘डबल–डिप रिसेसन’ को डर

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड(१९ का कारण अमेरिकी अर्थतन्त्र लामो समय आर्थिक मन्दीको दलदलमा फस्‍ने डर पैदा भएको छ । अमेरिकी अर्थविद्ले अर्थतन्त्र गम्भीर मोडमा पुगेको दाबी गर्दै आर्थिक मन्दी झन् खराब हुने जोखिममा बताएका हुन् ।

एन्‍निकन टाप्पेले सीएनएनमा लेखेकी छन्, “नेसनल एसोसिएसन अफ बिजनेस एकोनोमिक्स (एनएबीई) अर्थतन्त्रको सूचक कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२२ सम्म पनि पूर्वमहामारीको अवस्थामा नफर्कने अनुमान गरेका छन् । एसोसिएसनका बहुमत विज्ञ सदस्य अमेरिकी रोजगार बजार चाँडोमा २०२२ सम्म गत फेब्रुअरीको अवस्थामा फर्कने अनुमान गर्छन् ।”

एनएबीईका करिब ८० प्रतिशत सदस्य अमेरिकी अर्थतन्त्र डबल डिप रिसेसन (मन्दी) मा फर्कने सम्भावना एकचौथाइ रहेको बताउँछन् । सुधारोन्मुख रहेको अर्थतन्त्र पूर्णरुपमा पुरानो अवस्थामा आउनुपूर्व नै मन्दीको स्थितिमा धकेलिने अवस्थालाई अर्थशास्त्रमा डबल डिप रिसेसन भन्‍ने गरिन्छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: