लिदी पहिरोमा पुरिएका १९ को शव फेला, परिवारलाई एक लाख राहत


 
काठमाडौं, ३२ साउन

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार गएको पहिरोमा पुरिएका १९ जनाको मात्रै शव फेला परेको छ ।

पहिरोमा ३९ जना बेपत्ता भएकामध्ये हिजो १८ जना र आज बिहान थप एक जना गरी १९ जनाको शव फेला परेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डिएसपी माधव काफ्ले जानकारी दिनुभयो ।

नेपाली सेना, प्रहरी र स्थानीयले पुरिएकाहरूको खोजी गरिरहेका छन् । अहिले पहिरो पीडितहरुलाई स्वास्थ्यका हेल्थ डेस्क स्थापना गर्ने र खानेपानीको व्यवस्था गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

यसैबीच पहिरोमा परी ज्यान गुमाएकाका परिवारले १ लाख रुपैयाँ राहत पाउने भएका छन् ।

विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम दिने निर्णय गरेको हो ।

यस्तै दुवै अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय पनि भएको गाउँपालिकाले जनाएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: