बेपत्ताको खोजी गर्न आफन्तको आन्दोलन


स्याङ्जा, ३२ साउन ।

गएको एक सातादेखि हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १० पाईनिअज रोड बस्ने १८ वर्षिय राजन पौडेलको खोजी गरिदिन आफन्तहरुले दवाव दिएका छन् । 

बेपत्ता भनिएका पौडेलको आजसम्म पनि प्रहरीले खोजी नगरेको भन्दै उनका आफन्तहरुले वडा प्रहरी कार्यालय वालिङ घेराउ गरि दवाव दिएका हुन् । हराएका पौडेलको खोजि गरिदिन उनकी आमा कमला पौडेलले प्रहरी निबेदन दिएकी थिइन् । 

आफन्तहरुले खोजी गरिदिन आग्रह गरेपनि प्रहरीले चासो नदेखाएपछि दवावमुलक आन्दोलन गर्नुपरेको पौडेलका आफन्तहरुले बताएका छन् । ‘कि सास देउ, कि लास देउ’, पिडितलाई न्याय देउ भन्दै पौडेलका आफन्तले प्रहरी कार्यालय बाहिर नाराबाजी गरेका थिए । 

जिल्ला प्रहरी स्याङ्जाका अनुसार साउन २६ गते स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. ४ आँधीखोलास्थित ओडारे रहमा पौडी खेल्ने क्रममा बेपत्ता भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताईएको छ । 

बेपत्ता पौडेलको खोजि गर्न प्रहरीले गोताखोरको सहायत लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । गोताखोरको सहायतामा खोजी भएपनि अहिले सम्म पौडेल फेला नपरेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । 

साउन २६ गते साथीहरुसँग पौडी खेल्न गएका पौडेल आँधीखोलाले बगाएको हुनसक्ने बताईएको छ । तर पौडेलका साथीहरुले ३ दिनपछि मात्रै पौडी खेल्न जादा आँधीखोलाले बगाएको हुन सक्ने भन्ने बयान दिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: