सन्दीपको टिम जमैकाको जित


एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग ९सीपीएल० टी–ट्वान्टी क्रिकेटको चौथो खेलमा जित निकालेको छ । सन्दीपको टिम जमैकाले गुयाना एमेजन वारियार्सलाई पाँच विकेटले पराजित गरेको छ । 

आजको खेलमा सन्दीपले कसिलो बलिङ गरेका थिए । चार ओभर बलिङ गरेका सन्दीपले मात्र १२ रन खर्चेर १ विकेट हात पारे । सन्दीपले सीपीएलको चार खेलमा पाँच विकेट हात पारिसकेका छन् ।

गुयानाले प्रस्तुत गरेको १०९ रनको लक्ष्य जमैकाले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । जमैकाको जितमा क्रुमा बोनरले सर्वाधिक ३० रनको योगदान दिए । रसेलले नटआउट २३ रन जोडे । गुयानाका नविन उल हकले दई तथा इमरान ताहिर, अस्मिड नेड र किमो पलले एक–एक विकेट हात पारे ।

त्यसअघि पहिलो ब्याटिङ गरेको गुयानाले २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमात्र जोड्न सक्यो । टोलीका लागि रोस टेलरले सर्वाधिक २५ रनको योगदान दिए । जमैकाका लागि सन्दीपले ४ ओभरमा मुजिबले ४ ओभरमा ११ रन दिँदै ३ विकेट लिए । एडवार्ड्सले ३ विकेट तथा रसेलले १ विकेट लिए ।


Rea es:
SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: