सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशले सर्वोच्चबाटै सुविधा पाउने

काठमाडौं, सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरुले सर्वोच्च अदालतबाटै गाडीसहितको सुविधा पाउने भएका छन्। मन्त्रीपरिषदको बैकठले असार २ गते यस्तो  निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को निर्णयमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरुलाई आफ्नो जीवनकालसम्म एक हजार ६ सय सिसीसम्मको एउटा सवारी साधन उपलब्ध गराउने उल्लेख छ। साथै, मासिक इन्धन एक सय लिटर, हलुका सवारी चालक एक, एक निजी सुरक्षा अधिकृत एक तथा सवारी साधन  मर्मत  खर्च  सर्वोच्च अदालतले नै व्यवस्थापन गर्ने भनिएको छ।

मन्त्रिपरिषद्को निर्णय लगत्तै सर्वोच्चले आफ्ना पूर्वप्रधानन्यायाधीशले लगेको  सवारी साधन र सुविधा कटौती नगर्ने भएको छ। हालसम्म १४ जना प्रधानन्यायाधीशले  सर्वोच्चबाट यस्तो  सुविधा लिएका छन्।

केही समयअघि  पूर्वप्रधानन्यायाधीशहरु गोपाल पराजुली र कल्याण श्रेष्ठको गाडी मर्मतका लागि सर्वोच्च आउँदा विवाद भएको थियो। कर्मचारी ट्रेड युनियनले गाडी सर्वोच्चमै राख्न दबाब सिर्जना गरेका थिए। अवकाश पाउने समयमा नयाँ सवारी साधन खरिद गर्ने अनि निजी प्रयोजनमा प्रयोग हुने गरेको भन्दै  कर्मचारीहरुले विरोध गरेका थिए।

विशिष्ट व्यक्तिहरुले  पाउने सेवा र सुविधा सम्बन्धी कानुन लामो समयदेखि संसदमा विचराधिन रहेको छ। कानुन नहुँदा सर्वोच्चले पूर्वप्रधानन्यायाधीशलाई आफैंले सेवा दिइरहेको थियो।

हालसम्म पूर्वप्रधानन्यायाधीशहरु सुरेन्द्रप्रसाद सिंह, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, केशवप्रसाद उपाध्याय, हरिप्रसाद शर्मा, दिलिपकुमार पौडेल, मीनबहादुर रायमाझी, खिलराज रेग्मी, दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपालप्रसाद पराजुली र ओमप्रकाश मिश्रले सर्वोच्चको गाडी सुविधा लिइरहेका छन्। उनीहरुको यो सुविधाले अब वैधानिकता पाएको छ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: