भारतको अर्थतन्त्र इतिहासकै तीव्रदरले खुम्चियो

काठमाडौं । भारतीय अर्थतन्त्र इतिहासकै तीव्रदरले खुम्चिएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न लगाइएको लकडाउनका कारण उपभोक्ताको खर्च तथा लगानी कटौती गरेपछि सन् २०२० को दोस्रो त्रैमासमा अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको हो ।

जुनसम्मको तथ्यांकअनुसार भारतीय अर्थतन्त्र अघिल्लो वर्षको सोही अवधीको भन्दा २३।९ प्रतिशतले खुम्चिएको छ । भारतले सार्वजनिक गरेको तथ्यांकअनुसार संसारको पाँचौं ठूलो अर्थतन्त्र अपेक्षा गरेभन्दा खराब बनेको हो । कोरोनाभाइरसका कारण संसारको जुनकुनै अर्थतन्त्रको तुलनामा भारतमा सबैभन्दा बढी प्रभाव परेको बताइएको छ ।

सार्वजनिक तथ्यांकअनुसार लगानी अघिल्लो वर्षको जुनसम्मको तुलनामा ४७ प्रतिशतले घटेको छ । जबकि घरायसी उपभोग २७ प्रतिशतले घटेको छ । सरकारी उपभोग १६ प्रतिशतले बढे पनि अर्थतन्त्रको तीव्र गिरावटमा पर्याप्त नभएको हो । 

भारत तीव्र गतिमा विस्तार हुँदै गरेको संसारको सबैन्दा ठूलो अर्थतन्त्र हो । भारतमा ३६ लाखभन्दा बढीमा कोभिड–१९ रोग पुष्टि भइसकेको छ । त्यहाँ कोरोनाबाट ज्यान गुमाउने संख्या ६५ हजार छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: