ओली निकट नेताको व्यंग्य, वामदेव कमरेड संसद छिर्ने विषय बुझ्नै छाडें

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतम संसद छिर्ने विषय आफूले बुझ्न छाडेको नेकपाका एक नेताले प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री ओली निकट एक प्रभावशाली स्थायी कमिटी सदस्यले पछिल्ला दिनमा चर्चामा रहेको यो विषयलाई आफूले बुझ्न छाडेको भन्दै व्यंग्य गरेका हुन्।

‘हिजो प्रधानमन्त्रीज्यूलाई फोन गरेर मलाई राष्ट्रिय सभामा पठाउनुस् भन्नुभएछ। त्यसको अघिल्लो दिन ‘होइन, मलाई डोल्पाबाट चुनाव लड्न माहोल बनाईदिनुपर्‍यो’ भनेर भन्नुभएछ’, ती स्थायी कमिटी सदस्यले भने, ‘पार्टीको शीर्ष नेताले यस्तो बोल्दै हिँडेको देख्दा के प्रतिक्रिया दिनु जस्तो लाग्छ। उहाँ आफैंले बुझ्ने कुरा हो। पार्टीकै कुरा गर्नुहुन्छ भने पहिला त प्रतिनिधि सभामा जान चुनाव लड्ने भन्ने कुरा हो। अहिले फेरि राष्ट्रिय सभाको कुरा सुन्छु। मैले  त बुझ्नै छाडें।’

तर उपाध्यक्ष गौतमले गत फागुन १४ गतेको सचिवालय बैठकको निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन्। सचिवालय बैठकले आफूलाई राष्ट्रिय सभामा जाने निर्णय गरिसकेकाले तत्काल कार्यान्वयन हुनुपर्ने गौतमको माग छ। आफू सधैं पार्टी विधि र पद्धतिमा अडिग भएको बताउँदै गौतमले राष्ट्रिय सभामा जाने विषय छोड्न नसकिने बताएको गौतमको सचिवालयले जनाएको छ।

‘गत फागुन १४ गतेको सचिवाललय बैठकले मलाई राष्ट्रिय सभामा जाने निर्णय गर्‍यो। त्यसपछि प्रधानमन्त्रीज्यू बिरामी पर्नुभयो। कोरोना महामारी भयो। त्यो यस्तै भयो’, गौतमको सचिवालयले उनको भनाइ उद्धृत गर्दै भन्यो, ‘अब फेरि सचिवालयको निर्णय उल्ट्याएर अर्थ मन्त्री युवराज खतिवडालाई लग्न थालेपछि बोल्नै पर्‍यो भनेर बोलेको हुँ।’

अर्थमन्त्री खतिवडाको भदौ २० गते म्याद सकिन थालेपछि राष्ट्रपतिबाट मनोनित गर्ने एक जनामा गौतमले आफूलाई पठाउनुपर्ने अडान दोहोर्‍याएका हुन्। आफूलाई कहिले प्रतिनिधि सभाबाट निर्वाचन लडाउने, कहिले राष्ट्रिय सभामा लग्ने भनेर आश्वस मात्रै बाड्ने गरिएको भन्दै गौतमले गुनासो गर्ने गरेका छन्। आफूलाई प्रतिनिधि सभा नभई राष्ट्रिय सभाबाट संसदमा जान सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्नुपर्ने भन्दै गौतम निवास भैंसेपाटीमा अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेता झलनाथ खनाल, माधकुमार नेपाल,  प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत बहुमत सचिवालय सदस्यले निर्णय गरेका थिए। त्यहीँ निर्णय प्रचण्ड, खनाल, नेपाल लगायत नेताहरु सचिवालयबाट निर्णय गराएपछि आफ्ना विरुद्ध षडयन्त्र भएको भन्दै ओलीले निर्णय कार्यन्वयन नगर्ने चेतावनी दिइसकेका थिए। फेरि त्यही विषयलाई गौतमले निकालेपछि पार्टीमा विवाद सिर्जना हुने देखिएको छ।

पार्टीमा प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो पार्ने प्रचण्ड–नेपाल समूहलाई गतिलो मसला बन्ने देखिएको छ। तर, ओलीको रोजाइमा अर्थमन्त्री खतिवडा नै भएकाले पार्टीमा जति नै दबाब दिए पनि गौतमको सपना साकार हुने सम्भावना भने न्यून देखिएको छ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: