अन्योलमा ‘ए’ डिभिजन लिग

काठमाडौं । कोरोना भाइरस महामारीका कारण बढ्दो लकडाउनले गर्दा सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्योलमा परेको छ । वर्ष २०७७ को लिग समय नजिकिँदै गर्दा यस सिजनको लिग हुने नहुनेको अन्योल रहेको बताइएको छ । 

गत वर्षको लिग सर्कल पूरा नभएको भन्दै यस वर्षको ‘ए’ डिभिजन लिग नहुने सम्भावना रहेको अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष कर्माछिरिङ शेर्पा बताउँछन् । उनले बाँकी रहेका लिग खेल पूरा गर्नुपर्ने चुनौती रहेकाले ‘ए’ डिभिजन लिगको नयाँ सिजन अन्योलमा रहेको बताए ।

“यस्तै हुने हो भने २०७७ सालको ‘ए’ डिभिजन लिग नहुन सक्छ । किनभने हामीले पहिलो सिजनको सर्कल पूरा गर्न सकेका छैनौं,” शेर्पाले भने, “पहिलो चुनौती त हामीले यसै सिजनका बाँकी खेल सक्नुपर्‍यो । ‘बी’, ‘सी’ डिभिजन लिग, नेसनल लिग, महिला लिग र युथ प्रोग्रामहरू सक्न बाँकी नै छन् । यिनीहरू सक्न हामीसँग चैतसम्मका लागि समय छ ।”

उनले चैतसम्म सिजनका बाँकी लिग र खेल सक्नुपर्ने भएकाले पहिलोको खेल तालिका प्रभावित हुने सम्भावना धेरै भएको बताए । “हामीसँग सिजनका बाँकी खेल सक्न चैतसम्मको समय छ । तर, मंसिर(पुसतिर ‘ए’ डिभिजन लिग सुरु हुन्छ । ‘ए’ डिभिजन लिग सुरु गर्नुपूर्व ‘बी’, ‘सी’ पनि त सकिनुपर्‍यो । अब बाँकी लिग नै नसकी ‘ए’ डिभिजन लिन गर्न मिल्दैन । अब ‘ए’ डिजिन लिग सुरु गर्नुपर्ने हुन्छ भने बाँकी सबै लिग स्थगित गर्नु पर्ने अवस्था आउछ । जुन सम्भव छैन,” उनले भने ।

उनले प्रशिक्षणका लागि सरकारले अनुमति दिनुपर्ने बताए । प्रतियोगिता गर्नुअघि प्रशिक्षणका लागि अनुमति दिन आवश्‍यक भएको उनको भनाइ छ । उनले भने, “हामी लिग सुरु गर्न क्लब र एन्फा मिलेर पीसीआर परीक्षण गरेरै भए पनि तयार छौं । तर, सरकारको बढ्दो लकडाउनको निर्णयले क्लबहरूसँग पनि छलफल गर्न पाएका छैनौं । सरकारको निर्णय नै फिक्स भएन । तर, क्लबहरूले यसअघि पनि बन्द ढोकामा खेल्न तयार रहेको बताएका थिए ।”


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: