लकडाउनको मोडालिटी परिवर्तन गर्न व्यवसायीको माग

दाङ । लकडाउनले मात्र समस्याको समाधान नहुने भन्दै व्यवसायीहरुले यसको मोडालिटी परिवर्तन गर्न माग गरेका छन् । लामो समयदेखि लकडाउन भए पनि समस्या समाधान नभएको भन्दै दाङका  व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको जुम मिटिङमा उनीहरुले यस्तो बताएका हुन् । नेपाल उद्योग वाणिज्य संघका प्रदेश ५ का उपाध्यक्ष हेमराज बन्जाडेले कोरोनाको कारण निजी क्षेत्र धेरै समस्यामा परेको बताए । कोरोना देखिएको स्थानमा लकडाउन गर्ने र अन्य स्थानमा खुला बनाउनुपर्ने उनको माग छ । लकडाउन मात्र थप्‍दै गएर नहुने उनले बताए । 

तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजालले निजी क्षेत्र समस्यै समस्यामा रहेको बताए । उनले  राज्यबाट निजी क्षेत्रले सहयोग नपाएको पनि बताए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरवहादुर रावत (विरु) ले लकडाउनले पर्यटन, यातायात क्षेत्रमा बढी समस्या पुर्‍याएको बताए । निजी क्षेत्र धेरै समस्या भोग्दै अगाडि बढेको उनले धारणा थियो । नेपालीहरुका महान् पर्वहरु नजिकिँदै गएको र चाडपर्वमा खाद्यान्‍न अभाव हुन नदिन सबैसँग सहकार्य गरी अगाडि बढनुपर्ने बताए ।

राप्ती उद्योग वाणिज्य संघका जगत पोख्रेलले काम गरेर खाने वातावरण निर्माण गरिनुपर्ने बताए । लामो समयको बन्दका कारण अहिले भोकले मर्ने अवस्था आएको उनको भनाइ थियो । गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले लकडाउन मात्र समाधानको उपाय नभएको भन्दै यसलाई परिवर्तन गरिनुपर्ने सुझाए ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: