डा.केसीको प्रश्‍न–जनताले तिरेको करबाट प्रधानमन्त्रीले तलब भत्ता खाने, तर जनतालाई धोका दिने ?

काठमाडौं । १२ औं दिनदेखि सत्याग्रहमा रहेका डा। गोविन्द केसीले दुई वर्षअघि सम्झौता गरिएको माग प्रधानमन्त्री ओलीले कार्यान्वन गर्न रोकेको बताएका छन् । 

उनका अनुसार प्रधानमन्त्री ओली प्रधानमन्त्री हुँदा पाँचौ पटकको सत्याग्रहमा भएको र माग पूरा गर्ने सहमति गरे पनि कुनै पनि माग पूरा गरेका छैन् ।  उनले भने, उपलब्धि भएका कार्यहरु पनि प्रधानमन्त्री ओलीले गुमाएका छन् ।

उनले प्रश्‍न गरे, जनताले तिरेको करबाट तलब भत्ता खाने तर सोही जनतालाई धोका दिने ?

अहिले आफूले राखेको ६ बुँदे माग सामान्य पूरा गर्न सक्ने माग रहेको उनले बताए ।

त्रिवि शिक्षण अस्पतालमा वरिष्ठको आधारमा नियुक्ति हुँदै आएकोमा प्रधानमन्त्री ओलीले अहिले आफ्नै कार्यकर्ता भर्ती गरेको आरोप लगाएका छन् । यो कुरा तत्काल सच्याउनुपर्ने उनले बताए । 

कोरोनाबाट अन्य रोगका बिरामीलाई गाह्रो भएको उनले बताए । मास्क लगाउने, हात धुने र सामाजिक दूरी कायम गरेर कार्य गरे लकडाउन र निषेधाज्ञा गर्न आवश्यक नभएको डा। केसीले बताए । 

आफूले दुई वर्षअघि नै सातै प्रदेशमा सरकारी मेडिकल कलेज  वा प्रतिष्ठान खोलिनुपर्ने माग गरेको तर त्यो समयमा सम्झौता भए पनि प्रधानमन्त्री ओलीले सझौता कार्यान्वयन गर्न नदिएको उनको आरोप छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालनमा नगरेको उनले बताए । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: