कोरोना संक्रमित प्रहरीको हौसला बढाऔं ः आईजीपी थापा

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले कानुनी रुपमा कठोरता र व्यवहारमा विनम्रता प्रस्तुत गरेर अगाडि बढ्न अधिकृतहरुलाई निर्देशन दिएका छन् । 

विभिन्‍न स्थानमा सरुवा भइ जान लागेका प्रहरी अधिकृतलाई निर्देशन दिँदै आईजीपी थापाले यस्तो निर्देशन दिएका हुन् । उनले कोरोना संक्रमित प्रहरीको हौसलाका लागि अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्नेमा समेत जोड दिए ।

उनले आन्तरिक गुनासोको व्यवस्थापन, निष्पक्षता, चेन अफ कमान्ड र कोरोना संक्रमण नियन्त्रणको लागि आआफ्नो दृष्टिकोण अनुसार पुलिसिङ गर्नुपर्नेमा समेत जोड दिए ।

शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने, कोरोना संक्रमण नियन्त्रण व्यवस्थापन, फरार अपराधीहरुको खोजी, सिमा क्षेत्रमा राजश्व चुहावट रोक्ने र सवारी दुर्घटना न्यूनिकरण गर्ने लगायतका प्रहरी कार्यमा दीर्घकालीन योजना निर्माण गरी लागु गर्नुपर्ने उनले बताए ।   

हिरासतमा भएका व्यक्तिहरुमाथि प्रहरीले गर्ने व्यवहार एवं हिरासत कक्षको व्यवस्थापनलाई विशेष ख्याल गर्न आइजीपी थापाले निर्देशन दिए । अपराधजन्य गतिविधिमा शून्य सहनशीलता हुनुपर्ने उल्लेख गर्दै अन्य सुरक्षा निकाय, स्थानीय निकाय र कानुन कार्यान्वयन गर्ने अन्य निकायहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने थापाको भनाई छ ।

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणले धेरै प्रहरी कर्मचारी पनि संक्रमित भई अस्पताल र क्वारेन्टिनमा बस्नु परेको अवस्थामा सीमित प्रहरी जनशक्ति, साधन स्रोतको व्यवस्थापन र उचित परिचालन गरी खटी जाने स्थानहरुमा रोग रोकथाम र नियन्त्रण गर्न प्रहरी सक्रिय रुपमा लाग्‍न उनले निर्देशन दिए । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: