१३१३ कोरोना संक्रमित थपिए, १४५५ जना डिस्चार्ज

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ३१३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ३१३ संक्रमित थपिएका हुन् ।


देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ४५५  जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५१ हजार ८६६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार २६२ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ६५ हजार २८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

देशभरका संस्थागत आइसोलेसन ८ हजार २३७ जना र होम आइसोलेसनमा १० हजार ५२ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ४६४ जना क्‍वारेन्टिनमा रहेका छन् । 

देशभर ३९ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । 

शनिबार देशभर एक हजार २०४ कोरोना भाइरस संक्रमित थपिएका थिए । यसअघि शक्रबार हालसम्मकै दैनिक सबैभन्दा बढी दुई हजार २० कोरोना भाइरस संक्रमित थपिएका थिए । 

आइतबार देशभर एक हजार ३२५ जनालाई कोरोना संक्रमण भएको थियो भने देशभर विभिन्‍न अस्पतालबाट ९६६ जना डिस्चार्ज भएका थिए । त्यसैगरी आइतबार १० जना कोरोना संक्रमितको मृत्यु भएको थियो । 

 सोमबार देशभर एक हजार १५४ कोरोना संक्रमित थपिएका थिए भने एक हजार जनालाई डिस्चार्ज गरिएको थियो । त्यसैगरी सोमबार सबैभन्दा बढी एकदिनमा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

मंगलबार कोरोना भाइरसका एक हजार ३५६ संक्रमित थपिएका छन् भने ८२६ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी आउँदै मंगलबा २ जनाको संक्रमणबाट मृत्यु भएको छ । 

बुधबार कोरोना भाइरसका एक हजार १७२ संक्रमित थपिएका छन् भने एक हजार ८९३ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट बुधबार थप सात जनाको मृत्यु भएको थियो । 

बिहीबार देशभर एक हजार ४९७ कोरोना संक्रमित थपिएका छन् भने ४५७ जना डिस्चार्ज भएका छन् । बिहीबार देशभर १७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: