गोविन्द केसीका माग सम्बोधनका लागि वार्तामा बस्न सरकारसँग कांग्रेसको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांगे्रसले जुम्लामा सत्याग्रह बसेका चिकित्सक  डा। गोविन्द केसीले अघि सारेका माग समबोधनका लागि इमान्दारितापूर्वक वार्ता गर्न र सार्थक कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गरेर सत्याग्रही डा। केसीले अघि सारेका माग समबोधनका लागि इमान्दारितापूर्वक वार्ता गर्न र सार्थक कार्यान्वयन गर्न सरकारसँग माग गरेका हुन् ।

“०७५ साउन १० गते प्रधानमन्त्री स्वयम्को अग्रसरतामा डा। केसीसँग सरकारले गरेको सम्झौता त्यही बर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको नजिर नदोहोर्याएर इमानदार वार्ता र सार्थक कार्यान्वयनका लागि नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि विगतदेखि नै सत्याग्रहमा बस्दै आएका डा। केसीको जुम्लामा जारी पछिल्लो अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादका लागि पहल नगरेको विषयलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको पनि विज्ञप्तिमा उल्लेख छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: