आन्तरिक उडान असोज १ गतेबाट हुने, ५० प्रतिशतमात्रै यात्रु राख्नुपर्ने

काठमाडौं । सरकारले ६ महिनापछि आन्तरिकतर्फको उडान सञ्चालन गर्न सकिने निर्णय गरेको छ । असोज १ गतेदेखि आन्तरिकतर्फको उडान सञ्चालन गर्न सकिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।  सरकारका निर्णय सार्वजनिक गर्दै उनले यस्तो जानकारी दिएका छन् । 

उनका अनुसार उडानमा मास्क, स्यानिटाइजर र भाइजर अनिवार्य गरिएको छ ।

उडानमा एकातर्फका पंक्तिको सिटमा एकजनामात्रै यात्रु राख्नुपर्नेछ । चैतमा लकडाउन सुरु भएदेखि नै आन्तरिक उडान ठप्प थिए ।  त्यसैगरी अन्तर्राष्ट्रिय उडानलाई नियमित वा चार्टर्डको स्वीकृति पर्यटन मन्त्रालयले दिन सक्नेछ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: