अर्थमन्त्री खतिवडाले आज राजीनामा दिने, वामदेवलाई राष्ट्रियसभामा सिफारिस गर्ने प्रस्ताव आएन

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार साँझसम्म राजीनामा दिने बताएका छन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाले शुक्रबार अपराह्‍न ४ बजे पदबाट राजीनामा दिने बताएको एक मन्त्रीले जानकारी दिए ।

आजको मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले अर्थ मन्त्रालयको साढे दुईवर्षे कार्यकालको समीक्षा गरेका थिए । यसबीचमा आर्थिक अनुशासन र अर्थतन्त्रको सुधारमा उल्लेख्य प्रगति हासिल गर्न सकेको कार्यानुभव सुनाएको ती मन्त्रीको भनाइ छ ।

मन्त्री खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सात महिने कार्यानुभव पनि सुनाएका थिए ।

आजको मन्त्रिपरिषद् बैठकले वामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा सिफारिस गर्ने अनुमान गरिएको थियो । तर, त्यसबारे मन्त्रिपरिषद्‍मा प्रस्ताव नआएको अर्का मन्त्रीले जानकारी दिए ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: